चैत्र ११, २०८२ बुधबार | १४:४५:२७
करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै

सलाहले लिभरपुल छाड्ने

काठमाडौं । इजिप्टियन राइट विंगर मोहम्मद सलाहले सिजनको अन्त्यमा इङ्लिस क्लब लिभरपुल छाड्ने भएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै ३३ वर्षीय सलाहले आफ्नो लिभरपुल यात्रालाई अन्त्य गर्ने जानकारी गराएका हुन् ।

‘समय आएको छ । यो मेरो बिदाईको पहिलो भाग हो,’ सलाहले भनेका छन्, ‘सिजनको अन्त्यसँगै मैले लिभरपुल छाड्ने निर्णय गरेको छु ।’

यद्यपि सलाहले अप्रिल २०२५ मा क्लबसँग थप दुई वर्षको सम्झौता गरेका थिए । लिभरपुलले भनेको छ, ‘दुबै पक्षको सहमति अनुसार सलाह क्लबबाट टाढिन लागेका हुन् ।’ योसँगै सलाहले फ्रि ट्रान्सफरमा अन्य क्लब जाने बाटो खुलेको छ ।

सिजन २०२५/२६ सलाहका लागि निकै कठिन रह्यो । सन् २०१७ मा क्लबमा अनुबन्ध भएयता उनी प्रत्येक सिजन गोल स्कोरिङ लयमा रहे । यस सिजन भने उनले ३४ खेलमा मात्र १० गोल गरेका छन् । विभिन्न सञ्चार माध्यमका अनुसार सलाह र मुख्य प्रशिक्षक आर्ने स्लटबीच सम्बन्ध राम्रो छैन । यही कारण सलाहले जनवरीमै क्लब छाड्ने समाचार बाहिर आएको थियो । तर, उनी अफ्रिका कप अफ नेसन्सपछि क्लबमा फर्किएका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो