काठमाडौं । माल्दिभ्समा जारी साफ यु–२० च्याम्पियनसिपमा बंगलादेशले विजयी सुरुआत गरेको छ ।
मंगलबार मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा फरवार्ड रोनान बेन्जामिन सुलेभान चम्किँदा बंगलादेशले समूह ‘बी’मा पाकिस्तानविरुद्ध २–० को जित हासिल गर्यो । दुबै गोल अमेरिकामा जन्मिएका बंगलादेशी नागरिक रोनानले गरेका थिए ।

खेलको ५४औं मिनेटमा रोनानले करिब २५ यार्ड परबाट सानदार फ्रिकिक गोल गरे । ६७औं मिनेटमा पेनाल्टी बक्समा कुनै पनि निगरानीमा नरहेका रोनानले सहज हेडरमार्फत अग्रतालाई दोब्बर बनाए ।

अब बंगलादेशले मार्च २८ मा भारतसँग खेल्नेछ । त्यसअघि पाकिस्तानले आफ्नो दोस्रो खेलमा मार्च २६ मा भारतसँग खेल्ने तालिका छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
