काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी पाकिस्तान पुगेका छन् ।
बिहिबारबाट सुरु हुने पाकिस्तान प्रिमियर लिग(पिएसएल) मा सहभागी हुन नेपाली क्रिकेट टिमका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी पाकिस्तान पुगेको उनी आबद्ध टोली इस्लामाबाद युनाइटेडले बताएको छ ।
इस्लामाबादले दीपेन्द्रको फोटो राख्दै ऐरी आइपुगे दीपेन्द्र सिंह ऐरीको आगमन एल्बमको तपाईंको पहिलो झलक भनेर आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जनाएको छ ।
यस संस्करणको पिएसएलमा दीपेन्द्रलाई करिब ६० लाख नेपाली रुपैयाँमा इस्लामावादले अक्सनमार्फत टिममा भित्र्याएको थियो ।
पिएसएलमा दीपेन्द्रको टिम इस्लामाबादको पहिलो खेल शनिबार मुल्तान सुल्तानसँग शनिबार लाहोरमा रहेको छ ।
सन्दिप लामिछाने पछि दीपेन्द्रसिंह ऐरी पिएसएलमा सहभागीता जनाउने दोस्रा नेपाली क्रिकेटर हुन् ।
पश्चिम एसियामा जारी संकटका कारण पिएसएल खाली रंगशालाहरूमा हुने भएको छ । यसअघि खेलतालिकामा बताइए जस्तो ५ वटा रंगशालामा नभइ अब सबै खेलहरु लाहोर र कराँची मात्र हुनेछन् ।
