काठमाडौं । कप्तान देव खनाल कीर्तिमानी शतक बनाउन ८ रनले चुक्दा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशीलाई मध्यम लक्ष्य दिएको छ ।
जनकपुरमा भइरहेको खेलमा लुम्बिनीका कप्तान देव आफ्नो तथा प्रदेशका लागि पहिलो शतक बनाउँन चुक्दा कोशीले २५० रनको लक्ष्य पाएको हो ।
कोशीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर २४९ रनको योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान देबले सर्वाधिक ९२ रन जोडे । उनले १०० बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरे ।
सन्तोष यादब ६२ बलमा ४८ रनमा आउट हुँदा राजेन्द्र बम १६ रनमा अविजित रहे । कोशीका लागि कप्तान सुजन थपलियाले ४ तथा दिपेश कँडेलले २ विकेट लिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
