चैत्र ९, २०८२ सोमबार | ०८:३९:०६
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित

काठमाडौं । भिनिसियस जुनियर चम्किएपछि रियाल मड्रिडले स्पेनिस ला लिगाको मड्रिड डर्बीमा एट्लेटिकोलाई ३–२ ले हराएको छ ।

आइतबार राति सान्तियागो बर्नाबेउमा भएको खेलमा अग्रता भने एट्लेटिकोले बनाएको थियो । रियाल ७७औं मिनेटमा दश खेलाडीमा समेत पुग्यो । फेडेरिको भाल्भर्डेले रातो कार्डको सामना गरेका थिए । त्यसको फाइदा एट्लेटिकोले लिन सकेन ।

रियालको जितमा जुनियरले दुई तथा भाल्भर्डेले नै एक गोल गरेका थिए । जुनियरले ७२औं मिनेटमा विजयी गोल गरेका हुन् ।

एट्लेटिकोको लागि ३३औं मिनेटमा एडेमोला लुकम्यानले सुरुआती गोल गरेका थिए । माहुयल मोलिनाले ६६औं मिनेटमा २–२ को बराबरी गोल गरेका हुन् । तर, जुनियरले विजयी गोल गर्दै टिमलाई तीन अंक दिलाए ।

यो जितपछि रियालले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ । रियालको २९ खेलबाट ६९ अंक छ । बार्सिलोना ७३ अंकसहित शीर्ष स्थानमा छ । चौथो स्थानमा रहेको एट्लेटिकोको ५७ अंक छ । बराबरपछि उसले तेस्रो स्थानमा उक्लने अवसर  समेत गुमाएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो