काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) का दुवै संस्करणमा सहभागी भएका जेम्स निशमले पहिलो पटक न्युजिल्याण्डको कप्तानीको जिम्मेवारी पाएको खेलमा टोली पराजित भएको छ ।
आइतबार दक्षिण अफ्रिकाविरुद्धको चौथो ट्वान्टी २० आईमा कप्तानीको जिम्मेवारी पाएका टम लाथम घाइते भएर खेल खेल्न नसक्ने भए पछि निशमले कप्तानीको जिम्मेवारी पाएका हुन् ।
निशम कप्तान रहेको खेलमा न्युजिल्याण्ड दक्षिण अफ्रिकासँग १९ रनले पराजित भयो । पराजित भएसँगै १ खेल अगावै सिरिज जित्ने घरेलु टोली न्युजिल्याण्डको लक्ष्य विफल भएको छ । दक्षिण अफ्रिकाले जितसँगै पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।
दुई देशबीचको अन्तिम तथा निर्णायक खेल बुधबार रहेको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
