चैत्र ८, २०८२ आइतबार | १७:३९:४६
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

आसिफको शतकमा एपिएफको विजयी सुरुवात

काठमाडौं । ओपनर आसिफ शेखको शतकको सहयोगमा विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा एपिएफले बागमती प्रदेशलाई हराउँदै सानदार सुरुवात गरेको हो ।

यस संस्करणको पहिलो खेलबाटै जितको सुरुवात गर्नेक्रममा एपिएफले बागमतीमाथि ७१ रनको जित हासिल गर्यो ।

बागमती प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रनको योगफल तयार गरेको थियो ।

एपिएफका लागि ओपनर आसिफले सर्वाधिक ११४ रनको शतकीय इनिङ खेले । आसिफले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे । यस संस्करणको प्रतियोगिताको पहिलो शतक बनाएका आसिफको पिएम कप करियरमा भने यो तेस्रो पटक १०० रन पूरा भएको हो ।

आसिफले पिएम कपको इतिहासमा सर्वाधिक पटक शतक पूरा गर्ने विनोद भण्डारीको कीर्तिमानलाई बराबरी समेत गरे । त्रिभुवन आर्मीका कप्तान विनोदले पिएम कपको इतिहासमा ३ शतक प्रहार गरेका छन् ।

आसिफले तेस्रो विकेटका लागि सन्दीप जोरासँग १०३ रनको शतकीय साझेदारी गरे । जोरा ५३ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । लोकेश बम २९ तथा सुमित महर्जन १८ रनमा आउट हुँदा युवराज खत्री २६ रनमा अविजित रहे ।

बागमतीका लागि रिजन ढकालले ४ तथा इशान पाण्डेले २ विकेट लिदा कप्तान सन्दीप लामिछाने र सोनु देवकोटाको नाममा समान १ विकेट रह्यो ।

२७२ रनको लक्ष्य पछ्याएको बागमती ४५ दशमलब १ ओभरमा २०० रन बनाउँदै अल आउट भयो । बागमतीले सुरुवात राम्रो गरेपनि नियमित रुपमा विकेट गुमाउँदा हार बेहोर्न पुग्यो । उसका लागि विवेक राना मगर सर्वाधिक ३४, सुवास खत्री २७, उत्तम थापा मगर २६, शिभम तिवारी २५ रनमा आउट भए ।

एपिएफको जितमा कप्तान रोहितकुमार पौडेल र अभिषेश गौतमले समान ३ तथा कमलसिंह ऐरी, नन्दन यादव, युवराज खत्री र अमरसिंह राउटेलाले समान १ विकेट लिए । पहिलो खेलमा जित हात पारेको एपिएफ २ अंकका साथ शीर्ष स्थानमा रहँदा पहिलो खेलमा पराजित बागमती अंकबिहिन रहेको छ ।

प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।

२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो