चैत्र ८, २०८२ आइतबार | १५:२३:२५
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका दुई क्लब– टोटनहम हटस्पर र नटिङ्घम फोरेस्ट आमने–सामने हुँदैछन् । टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ बजे हुनेछ ।

लिगको ३०औं चरण सकिँदा नटिङ्घम २९ अंक जोड्दै अंकतालिकाको पुछारबाट चौथो स्थानमा छ । टोटेनहम ३० अंक जोड्दै पुछारबाट पाँचौं स्थानमा छ । नटिङ्घमलाई हराए टोटनहमले एक स्थान सुधार गर्नेछ । नटिङ्मलाई पनि जितले एक स्थान माथि पुर्याउनेछ । बराबरी भएको खण्डमा वेस्ट ह्यामलाई फाइदा पुग्न सक्छ ।

वेस्ट ह्याम २९ अंक जोड्दै १८औं स्थानमा छ । आजै वेस्ट ह्यामले चौथो स्थानको एस्टन भिल्लासँग खेल्दैछ । भिल्लालाई हराए वेस्ट ह्यामले रेलिगेसन क्षेत्र छाड्नेछ । तर, वेस्ट ह्यामलाई भिल्लाको चुनौती त्यति सहज छैन ।

भिल्ला आफै च्याम्पियन्स लिगमा स्थान बनाउन महारथीद्धय लिभरपुल र चेल्सीसँग प्रतिस्पर्धा गरिरहेको छ । यी तीन टोलीको प्रतिस्पर्धा रोचक मोडमा आएको छ । अहिले भिल्लाले ३० खेलमा ५१ अंक जोडेको छ । एक खेल बढी खेलेका लिभरपुल र चेल्सीको क्रमशः ४९ र ४८ अंक छ । आइतबार जित हासिल गरे भिल्लाले लिभरपुलसँग पाँच अंकको स्पष्ट अग्रता बनाउनेछ । त्यसैले टोटनहम र नटिङ्घमजस्तै यो खेल पनि रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । यो खेल पनि ८ बजे नै हुनेछ ।

त्यसअघि न्युक्यासल युनाइटेडले सन्डरल्यान्डलाई आतिथ्य गर्नेछ । जितले दुबैले दुई स्थान सुधार गर्नेछन् । हाल न्युक्यासल ४२ अंकसहित ११औं र सन्डरल्यान्ड ४० अंकसहित १३औं स्थानमा छ । यो खेल ५ः४५ बजे हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो