काठमाडौं । नेपाली खेलकुद र प्रविधि क्षेत्रमा एउटा नयाँ आयाम थप्दै नेपालकै पहिलो स्पोर्टस् बेस डिजिटल प्लेटफर्म स्ट्याक्स नेपाल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाली खेलप्रेमीहरूलाई लक्षित गर्दै उच्च गुणस्तरको खेलकुद सामग्री र प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्मको सुरुवात गरिएको स्ट्याक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले जानकारी गराए ।
यही च्यानलमार्फत माघ २४ बाट सुरु हुने ट्वान्टी २० विश्वकप पनि हेर्न सकिने पछाईले बताए । ‘विश्वभरका क्रिकेट प्रेमीहरूको ढुकढुकी मानिने टी–२० विश्वकप स्ट्याक्स नेपालमार्फत नेपालभर प्रत्यक्ष प्रसारण गरिने जानकारी गराउँछौं,’ उनले भने ।
यस विश्वकपका सबै खेलहरू नेपाली दर्शकहरूले अब आफ्नै मोबाइल, ट्याब्लेट वा स्मार्ट डिभाइसमा सहजै हेर्न सक्नेछन् ।
समूह ‘सी’ मा रहेको नेपालले दुई पटकको च्याम्पियन वेष्ट इन्डिजसँगै इङ्ल्यान्ड, इटाली र स्कटल्यान्डसँग खेल्नेछ । नेपालले पलिलो खेल इङ्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
