माघ १८, २०८२ आइतबार | ००:५४:३३
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई

काठमाडौं । दोस्रो ट्वान्टी २० आईमा अस्ट्रेलियालाई ९० रनले हराउँदै घरेलु टोली पाकिस्तानले तीन खेलको शृंखला २–० ले जितेको छ । यसअघि पहिलो खेलमा पाकिस्तान २२ रनले विजयी भएको थियो । अब, अन्तिम खेल आइतबार लाहोरमै हुनेछ ।

शनिबार गद्दाफी रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९९ रनको विशाल लक्ष्य दियो । पाकिस्तानले कुनै पनि ट्वान्टी २० मा बनाएको यो नै ठूलो स्कोर हो ।

जवाफमा अस्ट्रेलिया १५.४ ओभरमा अल आउट हुँदा मात्र एक सय ८ रन बनायो । पाकिस्तानको स्पिनर खेलमा हाबी हुँदा अस्ट्रेलियाले ठूलो साझेदारी बनाउनै सकेन ।

घरेलु टोलीका कप्तान सलमान अली आघा र विकेटकिपर उस्मान खानले अर्धसतक बनाए । आघाले ४० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए । उस्मानले ३६ बलमा चार चौका र २ छक्कासहित ५३ रन बनाएका हुन् ।

अस्ट्रेलियाका क्यामरुन ग्रिनले सर्वाधिक ३५ रन बनाए । म्याथ्यु शर्ट २७ रनको योगदान गरेका थिए । पाकिस्तानका अबरार अहमद र शादाब खानले समान ३ विकेट लिएका थिए ।

यो शृंखलापछि दुबै टोली भारत र श्रीलंकाले आयोजना गर्ने ट्वान्टी २० विश्वकपमा सहभागी हुनेछन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।