माघ १७, २०८२ शनिबार | ००:५७:३७
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम
शनिबारको दिन शनिबारको दिन

ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ?

काठमाडौं । गत मंसिरमा आइसिसीले सार्वजनिक गरेको पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा फेब्रुअरी १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । तर, भू–राजनीतिक द्वन्द्वका कारण बंगलादेशले आयाजक भारतमा नजाने आफ्नो अडान कायम राख्दा त्यसको फाइदा स्कटल्यान्डलाई भएको छ ।

टेस्ट राष्ट्र बंगलादेशले यसपटक विश्वकप नखेल्ने पक्का भएको छ । अब समूह ‘सी’ मा नेपाल र स्कटल्यान्डसहित इटाली, पूर्व विजेताद्वय वेस्ट इन्डिज र इङ्ल्यान्ड रहेका छन् । बंगलादेश हुँदा यो समूहको प्रतिस्पर्धालाई ‘ग्रुप अफ डेथ’ मानिएको थियो । अब के पनि भन्न थालिएको छ भने यो समूहमा पनि ‘ए’ र ‘बी’ मा जस्तै इङ्ल्यान्ड र वेस्ट इन्डिज नै बलियो प्रतिस्पर्धी हुन् ।

धेरैको अनुमान र पछिल्लो नतिजा हेर्ने हो भने नेपाल तेस्रो स्थानको लागि प्रतिस्पर्धामा हुनेछ ।

यी देश नै सुपर ८ का लागि छनोट हुनेछन् । सुपर ८ मा पुग्नु भनेको सिधै अर्काे पटक हुने विश्वकपमा छनोट छानिनु पनि हो । बंगलादेश नहुने बित्तिकै सबैभन्दा खुसी इङ्ल्यान्ड र वेस्ट इन्डिज भए । पछिल्लो समय बंगलादेशले अन्तर्राष्ट्रिय क्रिकेटमा स्वाभाविक लय कायम राख्दा इङ्ल्यान्ड र वेस्ट इन्डिजको प्रभाव हुन सकेको थिएन ।

अब, तेस्रो स्थानमा नेपाल, स्कटल्यान्ड र इटालीमध्ये एक हुनेछन् । धेरैको अनुमान र पछिल्लो नतिजा हेर्ने हो भने नेपाल तेस्रो स्थानको लागि प्रतिस्पर्धामा हुनेछ । समूहको डार्कहर्स भनेको नेपाल नै हुने विज्ञहरूको आँकलन छ । यस्तो अवस्थामा नेपालले इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै सहजै हार मान्ने अवस्था देखिँदैन ।  

यस्ता छन् समूह ‘सी’ का देश ः

इङ्ल्यान्डइङ्ल्यान्ड यो समूहकै सबैभन्दा बलियो टोली हो । आइसिसीको पूर्ण सदस्य इङ्ल्यान्ड ट्वान्टी–२० विश्व वरीयताको तेस्रो स्थानमा छ । इङ्ल्यान्डले ट्वान्टी–२० विश्वकपको उपाधि दुई पटक जितेको थियो । उसले सन् २०१० मा वेस्ट इन्डिजमा आयोजित तेस्रो संस्करण र २०२२ मा अस्ट्रेलियामा भएको आठौँ संस्करणको उपाधि जितेको थियो । इङ्ल्यान्ड सन् २०१६ को उपविजेता पनि हो ।इङ्ल्यान्डले मध्यक्रमका ब्याटर ह्यारी ब्रुकको कप्तानीमा विश्वकप खेल्नेछ । टिमः ह्यारी ब्रुक (कप्तान), टम वान्टोन, जस बटलर, बेन डकेट, फिल साल्ट, ज्याकोब बेथेल, साम करन, लियाम डाबसन, विल ज्याक्स, जेमी ओभरटन, रेहान अहमद, जोफ्रा आर्चर, आदिल रसिद, जेस टोंगुइ, ल्युक उड

वेस्ट इन्डिज

दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले यसपालि साइ होपको कप्तानीमा विश्वपकप खेल्दै छ । उत्तर अमेरिकाको पूर्वीक्षेत्रमा रहेका १३ टापु मिलेर बनेको यो क्रिकेट राष्ट्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टेस्ट राष्ट्र हो । हाल आइसिसी ट्वान्टी–२० वरीयताको सातौं स्थानमा रहेको वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को विश्वकप जितेको थियो । हालसम्म सबै संस्करण खेलेको वेस्ट इन्डिजलाई लय फर्काउने सुनौलो अवसर पनि छ । तर, यही टिमलाई नेपालले गत सेप्टेम्बरमा खेलेको ऐतिहासिक शृंखलामा हराइसकेको छ । टिम ः साइ होप (कप्तान), जोन्सन चार्लेस, सिमरन हेटमायेर, ब्रान्डन किङ, रोभमन पावेल, शेफरन रसफोर्ड, क्विन्टन स्याम्पसन, रोस्टन चेज, जेसन होल्डर, रोमारियो शेफर्ड, म्याथ्यु फोर्ड, एकेअल हुसैन, समर जोसेफ, गुडाकेस मोटी, जायदेश सेअलेस ।

नेपालरोहितकुमार पौडेलको कप्तानीमा नेपाल तेस्रो पटक आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ । गत वर्ष रोहितको कप्तानीमा नेपालले विश्वकप खेलेको हो । रोहित त्यो समय सबैभन्दा कान्छा कप्तान थिए । त्यसअघि नेपालले १० वर्ष विश्वकपमा छनोट हुन सकेन । सन् २०१४ मा पारस खड्काको कप्तानीमा नेपालले विश्वकप खेलेको थियो । पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा गतिलो सुधार गर्दै ठूला राष्ट्रहरूलाई चुनौती दिँदै आएको छ । त्यसको उदाहरण नै गत सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्ध खेलिएको शृंखला हो । टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, वसिर अहमद, सन्दीप जोरा, लोकेश बम, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, ललित राजवंशी, नन्दन यादव ।

स्कटल्यान्डबंगलादेशको अन्तिम समयमा नखेल्ने भएपछि वरीयताका आधारमा स्कटल्यान्डको भाग्य खुलेको हो । नत्र स्कटल्यान्ड इटालीसँग छनोटमा पराजित हुँदा विश्वकपमा छनोट हुन सकेको थिएन । जव बंगलादेशले आफ्ना खेलाडी र समर्थकको सुरक्षाको प्रत्याभूति गर्न माग गर्यो । यसले अर्कै रूप लियो र बंगलादेश नै विश्वकपमा नदेखिने अवस्था आयो । बंगलादेशको स्थानमा आइसिसीले स्कटल्यान्ड खेल्ने निर्णय गरेको छ । स्कटल्यान्डले ६ पटक विश्वकप खेलिसकेको छ । स्टकल्यान्डको कप्तानी शीर्ष ब्याटर रिची बेरिङ्टनले गर्ने भएका छन् । टिमः रिची बेरिङटन (कप्तान), टम बुस, म्याथ्यु क्रोस, माइकल जोन्स, फिन्ले म्याकक्रिथ, जर्ज मुन्से, माइकल लिस्क, ब्रान्डन म्याकमुलेन, ब्राड करी, क्रिस ग्रेभ्स, सेफयन सारिफ, मार्क वाट, ब्राड ह्विल, ओलिभर डेविडसन, जाइनुल्ला इहसान ।

इटालीइटाली पहिलो पटक विश्वकप खेल्दै छ । विश्वकप फुटबलमा चार पटक उपाधि जितेको इटाली युरोपबाट छनोट भएको थियो । आइसिसीको वरीयतामा इटाली २७औं स्थानमा छ । उसले युरोपियन क्षेत्रीय छनोटको फाइनलमा स्कटल्यान्डलाई १२ रनले पराजित गर्दै प्रतियोगितामा स्थान बनाएको थियो । इटालीको टिमबाट त्यो बेला जो बनर्स खेलेका थ्एि । उनले अस्ट्रेलियाबाट २३ टेस्ट खेलेका थिए । तर, उनी विश्वकप टिममा छैनन् । टिमः वायने माडसन (कप्तान), जाइन अली, मार्कस काम्पोपिआनो, अली हसन, क्रिसन कुलुगामागे, ह्यारी मनेन्ती, जियन पियरो पेअदी, एन्थोनी मोस्का, जुस्टिन मोस्का, सेद नाभी, बेन्जामिन मानेन्ती, जसप्रित सिंह, जेजे स्मुट्स, ग्रान्ट स्टेवार्ट, थोमस ड्रास ।