चैत्र ३, २०८२ मंगलबार | ०९:२२:२७
विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै

काठमाडौं । भर्खरै सम्पन्न ट्वान्टी २० विश्वकपमा भारतीय टोलीमा रहेर च्याम्पियन बनेका दुई मध्ये एक क्रिकेटरले इण्डियन प्रिमियर लिग(आइीपएल) को सुरुवाती केही खेलमा सनराइजर्स हैदराबादको लागि कप्तानी गर्ने सम्भावना रहेको छ ।

नियमित कप्तान प्याट कमिन्स  उपलब्ध नहुने भए पछि इशान किसन वा अभिषेक शर्माले हैदराबादका लागि सुरुवाती खेलमा कप्तानी गर्ने सम्भावना रहेको हो । फिटनेसका कारण कमिन्सले आइपिएलमा हैदराबादका लागि सुरुवाती केही खेलहरू गुमाउने सम्भावना छ । कमिन्सले चोटका कारण अष्ट्रेलियाको लागि २०२६ एशेज सिरिजका केही खेलपछि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् ।

यद्यपि, यस विषयमा हैदराबादले यस विषयमा अहिलेसम्म केही पुष्टि गरेको छैन । बायाँ हाते ब्याट्सम्यान अभिषेक हाल ट्वान्टी २० ब्याटिङ वरियतामा पहिलो नम्बरमा रहेका छन् । उनले विश्वकपमा न्युजिल्याण्डविरुद्धको फाइनलमा महत्वपूर्ण अर्धशतक बनाएका थिए ।

यसैबीच, हालै सम्पन्न विश्वकपमा भारतको लागि महत्वपूर्ण भूमिका खेलेपछि इशान किशन पनि यस सूचीमा छन् । उनले झारखंडको लागि सैयद मुश्ताक अली ट्रफीमा पनि राम्रो प्रदर्शन गर्दै पहिलो पटक उपाधि जित्न सफल भएको थियो । कमिन्सले केही खेल गुमाएमा हैदराबादको नेतृत्व कसले गर्छ भनेर हेर्न रोचक हुनेछ।

गत वर्ष हैदराबादले १४ खेलबाट केवल ६ जितका साथ छैटौं स्थानमा सिजन समाप्त गरेको थियो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले आफ्नो योग्यता प्रमाणित गर्दै टोलीको सर्वाधिक रन बनाउने खेलाडीको रूपमा समाप्त भए । अर्कोतर्फ, कमिन्सले हर्षल पटेलसँगै टोलीको लागि सबैभन्दा धेरै विकेट लिए।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने