चैत्र २, २०८२ सोमबार | ०९:३९:२७
पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र

पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो

काठमाडौं । बंगलादेशले तेस्रो तथा निर्णायक ओडिआईमा पाकिस्तानलाई हराउँदै ३ खेलको सिरिज २–१ ले जितेको छ।

ढाकामा आइतवार सम्पन्न खेलमा बंगलादेशले पाकिस्तानमाथि ११ रनको जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको बंगलादेशले दिएको २९१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ५० ओभरमा २७९ रनमै अलआउट भयो ।

पाकिस्तानका सलमान अली आघाले उत्कृष्ट ब्याटिङ गर्दै ९८ बलमा १०६ रनको शतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउँन सकेनन् । उनले ९ चौका र ४ छक्का प्रहार गरे । साद मक्सुद ३८, कप्तान शाहिन शाह अफ्रिदी ३७ तथा अब्दुल समाद ३४ रनमा आउट भए ।

बंगलादेशका लागि बलिङमा तास्किन अहमदले ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ३ तथा नहिद रानाले २ विकेट लिए ।

त्यसअघि टस जितेर पाकिस्तानले बलिङ रोजेपछि ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो । बंगलादेशका लागि ओपनर तन्जिद हसन तमिमले १०७ रनको शतकीय इनिङ  खेले । उनले पहिलो विकेटका लागि अर्का ओपनर सैफ हसनसँग मिलेर १०५ रनको शतकीय साझेदारी गरे । सैफ ३६ रनमा आउट भए ।

लिटन दास ४१ र नजमुल हसन शान्तो २७ रनमा आउट हुँदा तौहिद हृदयले अविजित ४८ रन बनाएर टोलीलाई बलियो योगफलसम्म पुर्‍याए । पाकिस्तानका बलर हारिस रउफले ३ र फहिम असरफ र शाहिन शाह अफ्रिदीले समान १ विकेट लिए ।

यसअघि भएको पहिलो खेल बंगलादेश तथा दोस्रो खेल पाकिस्तानले जितेको थियो ।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||