चैत्र २, २०८२ सोमबार | ०८:३२:३७
पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र

बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता

काठमाडौं । स्पेनिस महारथी क्लब बार्सिलोनाले ला लिगामा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ५–२ ले हरायो ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन राफिन्हाले ह्याट्रिक गरे । डानी ओल्मो र जोआओ कन्सेलोले समान एक गोल गरेका थिए । सेभियाको लागि ओसो र डिजिब्री सोले समान एक गोल गरेका हुन् ।

सहज जितपछि बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । २८ खेलबाट उसको ७० अंक रहेको छ । दोस्रो स्थानको रियाल मड्रिडको ६६ अंक छ । बार्सिलोनासँग पराजित सेभिया समान खेलबाट ३१ अंकसहित १४औं स्थानमा छ ।

बार्सिलोनाले स्पोर्टिफाइ क्याम्प नोउमा ५६ हजार समर्थकमाझ पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको नवौं मिनेटमै राफिन्हाले पेनाल्टीमा अग्रता दिलाए । २१औं मिनेटमा उनले नै पेनाल्टीमा दोस्रो गोल गरेका थिए । ओल्मोले ३८औं मिनेटमा अर्काे गोल गर्दा बार्सिलोना सहज परिस्थिति बनाउन सफल भयो ।

ओसोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा खेल ३–१ को अवस्थामा पुग्यो ।

राफिन्हाले ५१औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । कन्सेलोले ६०औं मिनेटमा टिमको लागि पाचौं गोल गरेका हुन् । सोले इन्जुरी समयमा दोस्रो गोल फर्काएपनि बार्सिलोनालाई कुनै दबाब भएन ।

राति नै भएको ला लिगाको अर्काे खेलमा रियाल बेटिस र सेल्टा भिगोले १–१ को बराबरी खेलेका छन् । 
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||