चैत्र २, २०८२ सोमबार | १३:२७:२१
देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं

देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने  बताएका छन् ।

ज्ञानेन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसदको सुचीमा अटाउन असफल भएपछि आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यस्तो धारण व्यक्त गरेका हुन् । पछिल्लो सयम मल्लले राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट अलग हुँदै राजनीतिमा होमिएका थिए ।

उनी रास्वपाको आदिवासी जनजातितर्फको समानुपातिक बन्द सूचीमा थिए । भर्खरै समाप्त भएको प्रतिनिधिसभा निर्वाचन २०८२ मा उनी रास्वपाको चुनावी अभियानमा सक्रिय भएर लागेका थिए।

रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको थियो । जसमा ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरिएको थियो । जसअनुसार खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो।

जनजातिको पुरुषतर्फ पाँचौ नम्बरमा रहेका कारण मल्ल सिफारिस हुन सकेनन्। यस क्लस्टरमा पुरुषतर्फबाट ३ जना मात्र सिफारिसमा परेका छन् ।

साथै निर्वाचनमा देशको समृद्धिका लागि मत लगानी गर्नुहुने सम्पूर्ण मतदाताहरूमा उनले धन्यवाद व्यक्त गरेका छन् । साथै उनले आफूलाई समानुपातिकमा नाम राख्न सम्झिएको भन्दै रास्वपा परिवार, कुमार बेन र बालेन शाहलाई पनि धन्यवाद दिएका छन्।

‘मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेन जी प्रति विशेष कृतज्ञता व्यक्त गर्दछु,’ उनले भने, ‘सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा, व्यक्तिको हार-जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो।’

 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||