चैत्र २, २०८२ सोमबार | ११:२५:०८
राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ?

राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा सोमबार तीन खेल हुँदैछन् । दिनको अन्तिम खेलमा शीर्ष स्थानको मछिन्द्रलाई अंक दूरी बढाउने अवसर हुनेछ ।

साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । आर्मीलाई हराए मछिन्द्रले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिनेछ । मछिन्द्रको अहिले १० खेलमा २५ अंक छ । एक खेल बढी खेलेको एपिएफको पनि समान अंक छ । एपिएफ गोल भिन्नतामा एक स्थान तल भएको हो ।

उपाधि सम्भावनालाई बलियो पार्न आर्मीलाई जितको विकल्प छैन । मछिन्द्रसँग हार बेहोरे आर्मी शीर्ष स्थानको दौडमा ८ अंकले पछाडि पर्नेछ । जितले २० अंकका साथ छैटौंमा रहेको आर्मीलाई बढीमा तेस्रो स्थानमा लैजानेछ । किनभने आजै दिनको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र लालिगुराँस एसोसिएसनको खेल छ । दुबै क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

दशरथ रंगशालामै हुने यो खेलमा जित हासिल गरे प्लानिङले एपिएफ र मछिन्द्रसँग अंकमा बराबरी गर्नेछ । अहिले ११ खेलमा प्लानिङले २२ अंक जोडेको छ । समान खेलमा लालिगुराँसको २१ अंक छ ।

दिनको पहिलो खेल बिहान १० बजे सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुँदैछ । जसमा पुछारका टोलीहरु नेपाल पुलिस क्लब र सातदोबाटो युवा क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् । दुबैले १० खेलमा समान ८ अंक जोडेका छन् । सातदोबाटो पुछारबाट तेस्रो र पुलिस चौथो स्थानमा छ ।
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||