चैत्र ५, २०८२ बिहीबार | २३:५४:४९
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

काठमाडौं । ट्वान्टी २० विश्वकपको समूह ‘बी’ को स्थिति ठ्याक्कै त्यस्तै छ, जस्तो ‘ए’ को छ । त्यो भनेको दुई असाध्यै बलिया टिम । अनि बाँकी तीन टिम भने बलियो चुनौती पेस गर्ने सक्ने खालका मात्र ।

समूह ‘ए’ भन्दा यो एक अर्थमा फरक छ, यसमा त्यस्ता टिम पनि छन्, जसले बलिया दुई टिमलाई साँच्चै राम्रै चुनौती दिनेछ । बलियो दुई टिम भनेको अस्ट्रेलिया र आयोजक श्रीलंका नै हुने । सामान्य विश्लेषणको आधारमा भन्न सकिन्छ, यिनै दुई टिम हुने, अन्तिम आठमा पुग्ने पनि ।

यो समूहका सबै खेल श्रीलंकामा नै हुनेछन् । अस्ट्रेलिया त पूर्व विजेता नै हो र यो टिम जहिले पनि विश्व क्रिकेटको कुनै ठूलो प्रतियोगिता हुनु पर्छ, जहिल्यै उपाधिको बलियो प्रत्यासी रहन्छ । यो टिमका सबै राम्रो हुन्छ ब्याटिङ, बलिङ र फिल्डिङ सबै नै ।

जति बेला सेता बलको क्रिकेट हुने गर्छ, यो टिमको अझ बलियो हुने गर्छ । अस्ट्रेलिया मिचेल मार्सको नेतृत्वमा खेल्दैछ । श्रीलंका त झन आफ्नै घरमा खेल्दैछ । दक्षिण एसियाली भूमिमा श्रीलंका जहिले पनि राम्रो प्रदर्शन गर्ने टिम हो ।

श्रीलंकालाई कोलम्बो र क्यान्डीमा कसरी खेल्नु पर्छ, त्यो पनि थाहा छ । श्रीलंकाली टिमका कप्तान रहेका छन्, डसुन सनाका । अनि प्रशिक्षक हुन्, तिनै पूर्व आक्रामक खेलाडी सनथ जयसूर्या । अब प्रश्न हो, तेस्रो हुने टिम कुन हो ?

अथवा भनौं, कुन एउटा टिमले अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो पार्ने प्रयास गर्न सक्छ । सायद यसको उत्तर हो, आयरल्यान्ड । आयरल्यान्डले पछिल्लो समय ट्वान्टी २० क्रिकेटमा खुबै प्रगति गरेको छ । शीर्ष वरीयताका टिमविरुद्ध यसको प्रदर्शन एकनासे हुने गर्दैन् ।

तर कुनै खास दिन अस्ट्रेलिया अथवा श्रीलंकालाई हराउन सक्ने क्षमता राख्छ, यसले । यति मात्र होइन्, आयरल्यान्ड, जिम्बावे र ओमानलाई हराउन सक्षम छ । त्यसैले आयरल्यान्ड नै यो समूहका डार्क हर्स हो ।

जिम्बावेलाई कम भने आक्न मिल्दैन् । टिममा सिकन्दर राजाका त्यस्ता कप्तान र खेलाडी छ, जससँग ट्वान्टी २० क्रिकेटको भरपुर अनुभव छ । जिम्बावेको उद्देश्य पनि शीर्ष दुई रहन सक्छ । ओमान छनोट चरण पार गरेर आएको टिम हो, सायद यसबाट धेरे आश गर्न सकिन्न । यो टिमको एउटै उद्देश्य हुनेछ, कुनै खास दिन एउटा अप्रत्यासित नतिजा । अथवा सबैको मन जित्ने खेल ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो