चैत्र ५, २०८२ बिहीबार | २१:१६:५०
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

साफ यु-२० खेल्न जाने टोलीको बिदाई

काठमाडौं । नेपाली राष्ट्रिय यु-२० टोली उपाधि लक्ष्यसहित माल्दिभ्समा यही मार्च २३ देखि अप्रिल ४ सम्म हुने साफ यु-२० च्याम्पियनसिप खेल्न शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीलाई बिदाई गरेको छ । बिदाई कार्यक्रममा एन्फा महासचिव किरण राई, सह-महासचिव दामोदर भट्टराई, प्रवक्ता सुरेशल शाहलगायतले टिमलाई सफलताको शुभकामना दिए ।

करिब ४० दिनको बन्द प्रशिक्षणपछि टोली शुक्रबार राति ९ बजेको उडानबाट माल्दिभ्सको राजधानी माले प्रस्थान गर्दैछ ।

माथिल्लो उमेर समूहको यो प्रतियोगितामा नेपालको टचलाइन लगातार तेस्रो पटक उर्जन श्रेष्ठले सम्हाल्दैछन् । यसअघि श्रेष्ठले सन् २०२४ मा घरेलु भूमिमा सम्पन्न छैटौं संस्करण अनि गत वर्ष भारतमा भएको सातौं संस्करणमा टोलीको नेतृत्व गरेका थिए ।

माथिल्लो उमेर समूहमा नेपाल दुईपटकको च्याम्पियन हो । काठमाडौंमा सम्पन्न पहिलो र थिम्पुमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि जितेको थियो । त्यसयता नेपाल एकपटक उपविजेता बनेको छ ।

दुई वर्षअघि श्रेष्ठको टोली बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । सातदोबाटोमा भएको फाइनलमा नेपाल ४-१ ले निराश बनेको थियो ।

विगतका संस्करणमा टोली सा–साना गल्तीहरुका कारण उपाधिबाट विमुख भएको श्रेष्ठको तर्क थियो । यसपाली ती गल्तीहरुलाई सच्याएर उपाधि चुम्ने लक्ष्य रहेको श्रेष्ठ बताउँछन् ।

‘जहिल्यै हामी सा–साना गल्तीका कारण चुकिरहेका छौं । खेलाडीहरुले आफू खुसी गर्दा हामीले विपक्षीलाई नतिजा सुम्पिन बाध्य भएका छौं । यसपाली हामी यो विषयलाई लिएर गम्भीर छौं,’ श्रेष्ठले भने ।

टोलीको क्याप्टेन आर्मब्यान्ड फरवार्ड धर्वेन्द्र कुंवरलाई दिइएको छ ।

राजधानीमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबबाट खेलिरहेका धर्बेन्द्र शीर्ष डिभिजनको अनुभव भएका एक्ला खेलाडी हुन् । उनीबाहेक बाँकी २२ खेलाडीसँग शीर्ष डिभिजन लिगको अनुभव छैन । उनले जावलाखेलबाटै तीन वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए ।

यसपाली टिम स्पिरिट फरक रहेका कारण उपाधिको बलियो आशा रहेको धर्वेन्द्र बताउँछन् । ‘विगतको संस्करण र यसपाली टोलीमा त्यस्तो फरक छैन । तर, टिम स्पिरिट बलियो भएको छ । यसपाली सकारात्मक छौं ।’

समूह ‘ए’मा रहेको नेपालले उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ । सोही दिन समूह ‘ए’ अन्तर्गतनै राति ९ः१५ बजे घरेलु टोलीले श्रीलंकासँग खेल्नेछ ।

सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा साबिक विजेता भारत, बंगलादेश र पाकिस्तान छन् । राउन्ड रोविन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

भुटानपछि नेपालले मार्च २५ मा श्रीलंका र २७ मा माल्दिभ्ससँग खेल्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो