काठमाडौं । नियमित कप्तान इन्दु बर्मा घाइते भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान पूजा महतोलाई नयाँ कप्तान बनाएको छ । ग्लोबल छनोटको क्रममा घाइते भएपछि इन्दु कम्तिमा ८ महिना मैदान बाहिर हुने भएकी छिन् ।
क्यानले शनिबार एसियन कप राइजिङ स्टार्स खेल्न जाने टोलीको घोषणा गर्दै पूजालाई नयाँ कप्तान घोषणा गरेको हो ।
टिममा पूजासहित विन्दू रावल, सम्झना खड्का, रुवि पाद्दोर, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमना केसी रहेका छन् ।
नेपालले प्रतियोगितामा पाकिस्तानको ए टिम र भारतको ए टिमसहित अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
भारतीय प्रशिक्षक हर्षल पाठक आएपछि नेपालले खेल्न लागेको यो दोस्रो प्रतियोगिता हो । यसअघि नेपालले आइसिसी महिला विश्वकप छनोटको ग्लोबल छनोट खेलेको थियो । नेपाल भने समूह चरणबाट माथि बढ्न सकेन ।
नेपाली टिमः
पूजा महतो (कप्तान) विन्दू रावल, सम्झना खड्क
ा, रुवि पाद्दोर, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमना केसी रहेका छन् ।
