फाल्गुन १, २०८२ शुक्रबार | १०:१२:२७
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो
शनिबारको दिन शनिबारको दिन

हुँदै छन् इङ्लिस टिमहरू बलिया

काठमाडौं । यो सिजन इङ्लिस फुटबलका लागि गजब नै भयो भन्दा हुन्छ । यस्तो किनभन्दा युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा च्याम्पियन्स लिगमा खासै ठूलो वर्चस्व रह्यो ।

प्रतियोगिताको लिग चरणका खेल टुंगिँदा प्रिमियर लिगको प्रतिनिधित्व गरेर खेलिरहेका सबै छ टिमकै चुनौती कायम छ । अझ आर्सनल, लिभरपुल, टोटनहम, चेल्सी र म्यानचेस्टर सिटीले त अन्तिम १६ मा सिधै प्रवेश पनि पाइसके शीर्ष आठमा रहेर ।न्युकासलसामु पनि अन्तिम १६ मा प्रवेशको सम्भावना कायम छ प्लेअफको माध्यमबाट । युरोपा लिगसमेत गरेर इङ्ल्यान्डका ९ टिमले युरोपमा अझै खेल्नेछन् ।

च्याम्पियन्स लिगमा यसपल्ट प्रिमियर लिगविरुद्ध ला लिगका क्लबबीच भएको १० खेलमध्ये सातमा इङ्लिस क्लबकै जित भएको छ ।

यस्तोमा एउटा प्रश्न हुनसक्छ, इङ्लिस टिम किन यति धेरै बलियो भएको त ? धेरैले भन्न सक्छन्, इङ्ल्यान्डको भन्दा स्पेनको लिग राम्रो छ, त्यो भनेको ला लिगा हो । तर तथ्यांकले अर्कै भन्छ, खासमा तथ्यांकले झुट बोल्दैन भन्दा हुन्छ ।

यसपल्ट च्याम्पियन्स लिगको अन्तिम १६ मा खेल्ने निश्चित भएको एउटै टिम छ । त्यो बार्सिलोना मात्र हो । रियल मड्रिड र एट्लेटिको मड्रिडले प्लेअफ खेल्नेछन् । अझ एट्लेटिको बिलबाओ र भिल्लारियल प्रतियोगिताबाटै बाहिरिसके ।

च्याम्पियन्स लिगमा यसपल्ट प्रिमियर लिगविरुद्ध ला लिगका क्लबबीच भएको १० खेलमध्ये सातमा इङ्लिस क्लबकै जित भएको छ । अझ सबै गोललाई एकै स्थानमा राख्ने हो भने प्रिमियर लिगको पक्षमा यो २१–५ हुन्छ ।

मुख्य कुरा अचेल इङ्ल्यान्डका क्लबमा जति पनि प्रशिक्षक छन्, ती वास्तवमै उम्दा छन् ।

सबैले के भन्छन्, इङ्लिस क्लब बलियो हुनु पछाडि प्रिमियर लिगमा धेरै आम्दानी हो । हो पनि । धेरै कमाउने क्लबको शीर्ष १० सूची बनाउने हो भने त्यसमा छ त प्रिमियर लिगकै क्लब छन् । कुरा यत्तिकैमा मात्र सकिन्न । फुटबल पण्डित के भन्छन् भने प्रिमियर लिगमा धेरै पैसामात्र छैन, त्यसअनुसार सुहाउने प्राविधिक समूह छ अनि तिनले गर्ने उच्च स्तरको व्यवस्थापन पनि छ ।

त्यसैले त बिबिसीले ठीकै विश्लेषण गरेको । युरोपमा प्रतियोगिता सुरु हुनु अगाडि नै प्रिमियर लिगको क्लब एक पाइला अगाडि हुन्छन् । यत्तिको राम्रो कमाइ र व्यवस्थान स्पेन मात्र होइन, इटाली, जर्मनी र फ्रान्समा पनि छैन ।

तिनै फुटबल पण्डित के पनि मान्छन् भने अचेल प्रिमियर लिगका क्लब जित्नका लागि खेल्न जान्ने मात्र होइन, त्यसअनुसार रणनीति पनि बनाउने गर्छन् । मुख्य कुरा अचेल इङ्ल्यान्डका क्लबमा जति पनि प्रशिक्षक छन्, ती वास्तवमै उम्दा छन् ।