माघ १४, २०८२ बुधबार | ०८:४१:०६
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो

काठमाडौं । बहुप्रतीक्षित आईसिसी पुरुष ट्वान्टी २० विश्वकप २०२६ फेब्रवरी ७ देखि सुरु हुँदैछ र चल्नेछ, मार्च ८ सम्म । समूह ए मा रहेका पाँच टिममध्ये केही असाध्यै बलिया छन्, जस्तो, भारत र पाकिस्तान । अनि यो समूहमा त्यस्ता तीन टिम पनि छन्, जसलाई उदयमान मान्न सकिन्छ ।

जस्तो, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया । जति बेला भारत र पाकिस्तान एक आपसमा भिड्ने छन्, त्यो खेल प्रतियोगिताकै सबैभन्दा आकर्षक प्रतिस्पर्धा हुनेछ । भारत यो समूहकै सबैभन्दा बलियो टिम हुनेछ, यसमा कुनै शंका नगरे हुन्छ ।

फेरि भारत डिफेन्डिङ च्याम्पियन पनि हो । भारतीय टिममा उत्कृष्ट ब्याट र बलरको कुनै कमी छैन् । त्यस अर्थमा भारतको सुपर आठमा प्रवेश निश्चित जस्तै छ । भारतीय टिमको कप्तान रहेका छन्, सूर्यकुमार यादव ।

भारतीय टिमको सबैभन्दा ठूलो विशेषता भन्नु नै तल्लो क्रमसम्म एकसेएक ब्याटर हुनु नै हो । पाकिस्तानी टिम भने सलमान आगाको नेतृत्वमा उत्रने छ । पाकिस्तानी क्रिकेट टिमको विशेषता भन्नु नै यसबारे ठ्याक्कै कुनै ठोस अनुमान गर्न नसक्नु हो ।

पाकिस्तानी टिममा प्रतिभाको कुनै कमी छैन्, तर यो टिमले कति बेला कस्तो राम्रो अथवा नराम्रो खेल प्रदर्शन गर्ने हो त्यो भन्न सकिन्न । पाकिस्तानी टिममा अझै पनि बाबर आजम जस्ता खेलाडी छन् । त्यसैले यो पाकिस्तानी टिम बलियो नै छ ।

पाकिस्तान पनि सजिलै सुपर आठमा पुग्नेछ । पुगेन भने त्यो आश्चर्य हुनेछ । सुपर आठमा प्रवेशका लागि बलियो चुनौती पेस गर्न सक्ने टिमका रूपमा रहनेछ, अमेरिका । पछिल्लो समय ट्वान्टी २० क्रिकेटमा अमेरिकाले राम्रै प्रगति गरेको छ ।

आखिरमा अमेरिका त्यही टिम हो, जसले सन् २०२४ को पछिल्लो विश्वकपमा पाकिस्तानलाई हराएको थियो । त्यस अर्थमा यो समूहमा अमेरिका डार्क हर्स हो । सायद नेदरल्यान्ड्स र नामिबियाबाट हामीले धेरै अपेक्षा गर्न सक्दैनौं । यी दुई टिमको उद्देश्य भन्नु नै एक आपसमा मात्र नभएर अमेरिकाविरुद्ध जित निकाल्नु हुनेछ ।

यो समूहमा पाकिस्तानले कसरी खेल्नेछ, त्यो निर्णायक हुनेछ । पाकिस्तानले अपेक्षा अनुसार नै खेल्छ भने भारतलाई छाडेर अन्य टिमको यो समूहमा कुनै सम्भावना छैन् भन्दा हुन्छ ।

यो समूहलाई लिएर अहिले एउटै समस्या मात्र छ र यो हो, पाकिस्तानको यो विश्वकप नै बहिस्कार गर्ने धम्की । त्यसैले प्रश्न बनेको छ, पाकिस्तानले वास्तवमै यो विश्वकप खेल्ने छ अथवा छैन् । कम्तीमा के भनिएको छ भने पाकिस्तानले भारतविरुद्धको एउटा खेल भए पनि बहिस्कार गर्नेछ । यसले पूरा विश्वकपको मज्जालाई किरकिरा गर्ने निश्चित छ । विश्वास गरौं, यस्तो हुने छैन् ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate