माघ १३, २०८२ मंगलबार | २१:५५:४५
अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार

अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को अर्ली इलेक्सन निर्णयप्रति वरिष्ठ उपाध्यक्षसहित चार पदाधिकारीले सार्वजनिक रुपमा विरोध जनाएका छन् ।

अर्ली इलेक्सनको निर्णय एन्फाको विधान, साधारणसभाको म्यान्डेट तथा कानुनको निर्देशनविपरित रहेको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, कार्यसमिति सदस्यहरुः रुपेश अधिकारी र रविन्द्र चन्द ठकुरी (रोविन)ले संयुक्त रुपमा विरोध जनाएका हुन् ।

जिल्ला स्तरको निर्वाचन प्रक्रिया पूरा नगरी पुरानै प्रतिनिधिबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको भन्दै उनीहरुले प्रेस विज्ञप्तिमार्फत एन्फा नेतृत्वप्रति आरोप लगाएका छन् ।

उनीहरुका अनुसार माघ २८ गतेका लागि प्रस्तावित अर्ली इलेक्सन एन्फाको सर्वोच्च निकाय- साधारणसभाले यसअघि पारित गरेको निर्णयविपरित छ । साधारणसभाले सदस्य संस्थाहरुको निर्वाचन प्रक्रिया पूरा गरेर मात्र आगामी कार्यकालको निर्वाचन गर्न स्पष्ट म्यान्डेट दिएको उनीहरुले दाबी गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् र निर्वाचन आयोगको निर्देशन तथा सम्मानित उच्च अदालत पाटनको आदेशलाई समेत अटेर गर्दै एन्फा 
कार्यसमितिले गर्न लागेको अर्ली इलेक्सन संघकै विधान र देशको कानूनविपरित मात्र छैन। स्वयम एन्फा कार्यसमिति आफैले विगतमा गरेको  निर्णय तथा सर्वोच्च निकाय साधारणसभाको निर्णयको पनि विपरित छ । कार्यसमिति र साधारणसभाको निर्णय कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीमा रहेका अध्यक्ष पंकजविक्रम नेम्वाड र महासचिव किरण राईले दूर्नियतपूर्वक कार्यसमिति तथा साधारणसभाका सदस्यहरुलाई गुमराहमा राखेर कार्यसमितिबाट अर्ली इलेक्सनको निर्णय गराएको प्रष्ट देखिन्छ । यसकारण अध्यक्ष र महासचिवले झुक्याएर २०८२ पुष १६ गते गराएको  निर्णय तत्काल कार्यसमितिको बैठक बसेर सच्याउन माग गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस विषयमा फिफाको कोड अफ इथिक्स २६ अनुसार अधिकारको दुरुपयोगको कारबाहीका लागि पर्ने पत्राचार गरिसकेको पनि यहाँहरुमा जानकारी गराउँदछौं ।’

त्यस्तै विरोध जनाउने पदाधिकारीहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप), निर्वाचन आयोग तथा पाटन उच्च अदालतको निर्देशनलाई समेत बेवास्ता गरिनु कानुनको अपहेलना भएको बताएका छन् । कार्यसमितिको पछिल्लो निर्णयले विधान र साधारणसभाका पूर्व निर्णयहरु दुबैलाई चुनौती दिएको उनीहरुको भनाइ छ ।

उनीहरुले एन्फा अध्यक्ष र महासचिवलाई विधानअनुसार साधारणसभाका निर्णय कार्यन्वयन गर्ने दायित्व रहेको स्मरण गराउँदै अर्ली इलेक्सनसम्बन्धी निर्णय तुरुन्त सच्याउन कार्यसमितिको बैठक बोलाउन माग गरेका छन् ।

जबरजस्ती निर्वाचन गराउने प्रयास भए गम्भिर विवाद उत्पन्न हुनसक्ने चेतावनी दिँदै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनीहरुले बताएका छन् ।

साथै सम्पूर्ण कार्यसमिति सदस्य, साधारसभा सदस्य तथा सरोकारवालाहरुलाई संस्थागत निर्णयको सम्मान गर्दै नेपाली फुटबलको सुशासन जोगाउन उनीहरुले आग्रह गरेका छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate