काठमाडौं । भारतसँग गोल भिन्नतामा चुक्दा नेपालले साफ फुटसल च्याम्पियनसिपमा तेस्रो स्थानमा चित्त बुझाएको छ ।
सोमबार प्रतियोगिताको अन्तिम दिन भुटानमाथि ४–१ को सानदार जित हासिल गरेसँगै नेपालले दोस्रो स्थानमा आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । तर, सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भएको प्रतियोगिताको अन्तिम खेलमा भारतले पाकिस्तानलाई ४–१ कै नतिजामा हराएपछि नेपालले रजत पदक गुमायो ।

अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा नेपालले भारतसँग ३–३ को नाटकीय बराबरी खेलेको थियो । प्रतियोगिता सकिँदा नेपाल र भारत दुबैले ६ खेलमा ११ अंक जोड्यो । भारत नेपालभन्दा तीन गोलले अगाडि रह्यो ।
एक खेल पनि नहारेको माल्दिभ्सले यसअघि नै उपाधि आफ्नो पोल्टामा पारिसकेको थियो ।

महिलातर्फ चौथो भएको नेपाल स्वदेश फर्किसकेको छ । पुरुष टोली मंगलबार स्वदेश फर्किने तालिका छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
