माघ १२, २०८२ सोमबार | १३:१३:५२
स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा

स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त

काठमाडौं । नेपाल आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो चरणबाटै बाहिरिएको छ ।

सोमबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार बेहोरेसँगै नेपालको यात्रा पहिलो चरणमै सीमित भएको हो ।

स्कटल्यान्डले दिएको १४० रनको मध्यम लक्ष्य नेपालले पछ्याउन सकेन । नेपालले १३.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ६८ रन जोड्न सक्यो ।

नेपालका लागि रोम थापाले अविजित १४, विन्दु रावलले १४ र रुविना क्षेत्रीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिए । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई विकेट लिए । यसैगरी राहेल स्लेटर र ओलिभिया बेलको नाममा एक–एक विकेट रह्यो । 
 
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले अविजित ४५, एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ र राहेल स्लेटरले ११ रन बनाए ।

नेपालका लागि मनिषा उपध्यायले सर्वाधिक चार विकेट लिए । त्यस्तै रुविना क्षेत्रीले तीन खेलाडीलाई पवेलियनको बाटो देखाउँदा रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक विकेट लिए ।

यो हारसँगै चार खेलमा दुई अंक जोडेको नेपाल  समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट चार अंकका साथ सुपर सिक्सको यात्रा तय गरेको छ ।  

स्कटल्यान्डको जितसँगै थाइल्यान्ड पनि सुपर सिक्समा पुगेको छ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate