काठमाडौं । नेपालले जितका साथ साफ महिला फुटसल च्याम्पियनसिपमा आफ्नो यात्राको सुखद अन्त्य गरेको छ । सिंगल राउन्ड रोविन लिगअन्तर्गत नेपालले छैटौं खेलमा भुटानमाथि ५–३ को विजयी हासिल गर्यो ।
आइतबार बैंककस्थित ह्वामाक इन्डोर रंगशालामा प्रतियोगिताकै अन्तिम खेल हुनुअघि नेपालले चौथो स्थान सुरक्षित गरिसकेको थियो । भुटानलाई भने नेपालविरुद्ध जितको दबाब थियो । नेपाललाई हराएको भए भुटान उपविजेता बन्ने गणीतिय समीकरण बनेको थियो । तर, अघिल्ला पाँच खेलमा अपराजित भुटानले नेपालविरुद्ध हार बेहोर्यो ।
यो नतिजासँगै भारत उपविजेता बन्यो । भुटानलाई एक अंकले पछाडि पारेको भारतले कूल १२ अंक जोड्यो । तीन जित, एक बराबरी र दुई हारसहित नेपालले १० अंक जोड्यो । पाँच जित र एक बराबरीका साथ १६ अंक जोड्दै बंगलादेश च्याम्पियन बन्यो ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
