माघ ११, २०८२ आइतबार | १६:०७:४७
मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा

काठमाडौं । चीनको युनान प्रान्तीय युवा टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा भएको छ ।

आइतबार मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले गत वर्षको अगस्टमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोट खेलेका १९ खेलाडीलाई समेट्दै ३० सदस्यीय प्रारम्भिक टोली तयार पारेका हुन् ।

यसबाहेक टोलीमा यही शनिबारबाट पोखरामा हुने साफ यु-१९ च्याम्पियनसिपका लागि अन्तिम टोलीमा अटाउन नसकेका चार खेलाडी पनि समावेश गरिएको छ ।

एन्फाले आइतबारनै गुरुङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । त्यस्तै एन्फाले सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा सञ्जीव जोशी र टिम व्यवस्थापकमा दीपा क्षेत्रीलाई नियुक्त गरेको छ ।

मैत्रीपूर्ण खेल एन्फा, ‘स्कुल अफ फिजिकल एजुकेशन अफ युनान युनिभर्सिटी’ र नेपाल ओभरसीज चाइनिज एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो ।

पछिल्ला वर्षहरुमा यु-२३ पुरुष टोलीहरुबीच मैत्रीपूर्ण खेल भएका थिए । यसपाली रंगशालामा महिला फुटबलको रौनक हुनेछ ।

गत वर्षको अगस्टमा गुरुङले एएफसी यु-२० एसियन कप छनोटमा राष्ट्रिय महिला टोलीको टचलाइन सम्हालेका थिए । पाँच महिनापछि उनलाई फेरि जिम्मेवारी दिइएको हो ।

एएफसीअघि उनले जुलाईमा ढाकामा भएको साफ यु-२० च्याम्पियनसिपमा पनि टोलीलाई लिड गरेका थिए । त्यसअघि पनि उनी कयौंपटक युवा महिला टोलीको जिम्मेवारीमा रहँदै आएका थिए ।

मैत्रीपूर्ण खेल यही जनवरी ३१ शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate