माघ १२, २०८२ सोमबार | १०:१८:०६
स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो

काठमाडौं । नेपालले आइसिसी महिला ट्वान्टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ सुरु गरेको छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भइसकेको छ । नेपाली टोलीको कप्तानमा इन्दु बर्मा छन् भने स्कटल्यान्डको कप्तान क्याथरिन ब्राइस छन् ।

आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित हुँदा नेपालको सम्भावना सकिनेछ । स्कटल्यान्डलाई पनि समिकरण निकै गाह्रो हुनेछ । नेपाल पहिलो खेलमा थाइल्यान्ड आठ विकेट तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने टेष्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सम्भावना कायम राखेको हो ।

आज नै थाइल्यान्ड र नेदरल्यान्ड्सबीच १ बजे मुलपानीमा खेल हुँदैछ । यो खेलपछि थप अर्काे टोलीको सुपर सिक्सको बाटो खुल्नेछ । यदि अघिल्लो खेलमा नेपालको जित भए थाइल्यान्डको खेल कुनुपर्ने हुन्छ । तर, स्कटल्यान्डले जिते थाइल्यान्डले यो खेल कुनुपर्ने छैन । समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ भने जिम्बाव्वे यसअघि नै बाहिरिसकेको छ ।

नेपालको टोलीः 
इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, राजमती ऐरी, रोमा थापा, कविता जोशी, सीता राना मगर, काजल श्रेष्ठ, मनिषा उपाध्याय, रचना चौधरी
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate