काठमाडौं । नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदी क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित हासिल गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा मनाङले काँक्रे बिहार क्लबलाई ५–१ ले हरायो । मनाङको जितमा गिडेयोन नाहले दुई तथा सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङले समान एक गोल गरे । एक गोलले पछाडि परेको अवस्थामा सन्दीप देउवाले काँक्रे बिहारलाई बराबरीमा ल्याएका थिए ।
मनाङले चौथो खेलमा आएर अन्ततः तीन अंक हासिल गरेको हो । यसअघिका सबै खेलमा मनाङले विपक्षीलाई नतिजा सुम्पिएको थियो । अंकतालिकाको पुछारमा रहेको काँक्रे बिहारको यो लगातार चौथो हार हो ।
दिउँसो ३ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि सातदोबाटोमै हुनेछ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
