काठमाडौं । पाकिस्तानले अर्को साता सुरु हुने ट्वान्टी २० विश्वकपलाई लिएर सम्भवतः सोमबार भित्र एउटा ठूलो निर्णय गर्दैछ र त्यस अनुसार हुन सक्छ, उसले भारत तथा श्रीलंकामा हुने यो प्रतियोगिता नै बहिस्कार गर्नेछ ।
बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकप खेलाउने निर्णयको विरोधमा पाकिस्तानले यो कदम चाल्न लागेको हो । पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख मोहसिन नक्भीले प्रधानमन्त्री सेहबाज सरिफसँग यसबारे कुराकानी गर्न भेट गर्दैछन् ।
ठोस निर्णय सोमबार आउने सक्नेछ । नक्भीले पाकिस्तानी मिडियालाई के भनेका छन् भने प्रधानमन्त्री सरिफले क्रिकेट विवादको मुद्दा सबै प्रकारको सम्भावना कायम राखेर टुंग्याउन भनेका छन् । यस्तोमा अब अन्तिम निर्णय पाकिस्तानी सरकारकै हुनेछ । पाकिस्तानी मिडियाले के पनि भनिरहेको छ भने सम्भवतः पाकिस्तानले पूरा विश्वकप नै बहिस्कारको निर्णय गर्ने छैन्, बरु भारतविरुद्धको एउटा खेल भने नखेल्ने घोषणा गर्न सक्छ ।
अबको विश्वकपको तयारीका क्रममा अस्ट्रेलियाली टिम बुधबार पाकिस्तान आउँदैछ र त्यहाँ तीन ट्वान्टी २० को सिरिज खेल्नेछ । यसै कारण पनि कम्तीमा पाकिस्तानले अबको विश्वकपका सबै खेल बहिस्कार गर्ने छैन् ।
यो पाकिस्तानी क्रिकेटका लागि फाइदाको विषय पनि हुने छैन् । तर भारतविरुद्धको एउटा खेल भने उसले बहिस्कार गर्ने लगभग निश्चित मानिएको छ । यसअघि बंगलादेशले सुरक्षाको कारण देखाएर भारतमा खेल्न अस्विकार गरेको थियो र आफ्ना खेल श्रीलंकामा सार्न अनुरोध गरेको थियो ।
तर आईसीसीले यस अनुरोधलाई मानेन् । बंगलादेश नआउने भएपछि उसको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय समेत आईसीसीले गरिसकेको छ । पाकिस्तानको यस विषयमा विश्लेषण हो, बंगलादेशमाथि अन्याय भएको छ । यो ठीक होइन् ।
त्यसैले पाकिस्तान विश्वकप बहिस्कार गर्ने अथवा कम्तीमा भारतविरुद्धको एक खेल नखेल्ने मनसायमा पुगेको हो । पछिल्लो समय बंगलादेश र भारतबीचको सम्बन्ध राम्रो रहेको छैन् । यसको ठीक उल्टो बंगलादेश र पाकिस्तान भने एक आफसमा नजिकिएका छन् ।
यी सबै घटनाक्रमले विश्व क्रिकेट दक्षिण एसियाको भू(राजनीतिले नराम्रोसँग प्रभावित रहने निश्चित छ । यो बहिस्कार र एउटा खास देशमा गएर नखेल्ने निर्णयले अबको दिनमा विश्व क्रिकेटलाई अझ समस्यामा पार्नेछ ।
बंगलादेशको स्थानमा स्कटल्यान्डले खेल्ने भएपनि नेपाल पनि सम्मिलित समूहको खेल समीकरण नै फेरिएको छ । यो समूहमा रहेका अन्य देश हुन्, इङ्ल्यान्ड, वेस्ट इन्डिज र इटाली ।
