माघ १३, २०८२ मंगलबार | २३:५४:२६
१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो

१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

काठमाडौं। शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप २०२६ यही माघ २४ गतेदेखि हुने भएको छ। यो प्रतियोगिता खुम्बु ल्होसार कपको १५औँ संस्करण हो।

शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष) को अवसर पारेर विगत १५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको १५औँ संस्करण महेन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरमले आयोजना गर्न लागेको हो।

महेन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरमका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगिता सुरु गरेका थिए। प्रतियोगिताले फुटबल अभ्यासलाई प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले प्रतियोगितासम्बन्धी जानकारी दिएका हुन्। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य शेर्पा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनु, उनीहरूको प्रतिभा उजागर गर्नु र समुदायबीच एकता मजबुत बनाउनु हो।

यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको खुम्बु ल्होसार कपको १५औँ संस्करण यसपटक माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल मैदानमा हुनेछन्। हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्देश्य नेपालमा खेलकुद र पर्यटन दुवैको प्रवर्द्धन गर्नु हो। शेर्पा समुदायले ल्होसार पर्वको अवसरमा आयोजना गर्दै आएको खुम्बु ल्होसार कप युवा पुस्ता मात्र होइन, सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवका रूपमा विकसित हुँदै आएको छ। सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता सानोगाउँचेन मैदानमा सञ्चालन हुँदै आएको थियो। विभिन्न कारणले सन् २०२५ मा प्रतियोगिता आयोजना गर्न नसकिए पनि यस वर्ष २०२६ मा एन्फा मैदानमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष शेर्पाले बताए ।

प्रतियोगितामा यसपाली डिफेन्डिङ च्याम्पियन खुम्जुङ युवा क्लबसहित ८ टोलीको सहभागिता रहनेछ । लिग कम नकआउट पद्धत्तिमा हुने प्रतियोतिगाको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसँगै एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उपविजेताले ८० र तेस्रो हुनेले ४० हजार पाउनेछन् । प्रतियोगिताको कुल अनुमानित बजेट ६५ लाख रहेको आयोजकले जनायो ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate