काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ‘चाइना नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिप २०२५’ खेल्न जाने नेपाल क्यानो र कायाक टोलीलाई बिदाई गरेको छ ।
मंगलबार सातदोबाटोस्थित एनओसी कार्यलयमा अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले खेलाडी र अफिसियलहरुलाई शुभकामना व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले टोलीलाई गर्वका साथ राष्ट्रको प्रतिनिधित्व गर्दै आत्मविश्वास र अनुशासनका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।
च्याम्पियनसिप यही डिसेम्बर १६ (आज) देखि २२ सम्म चीनको युनान प्रान्तको नु जियाङ स्वायत्त प्रिफेक्चरमा चिनियाँ क्यानो एसोसिएसनको आयोजनामा आयोजना हुनेछ ।
चीन जाने चार सदस्यीय टोलीमा खेलाडीहरु कृष्ण खड्का र रञ्जन कँडेल र अफिसियलहरु सूर्यप्रसाद जोशी र महेश थापा छन् ।
बिदाई कार्यक्रममा नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीपराज गौतमको पनि उपस्थित थियो ।
