चैत्र ४, २०८२ बुधबार | २१:१६:५३
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा

काठमाडौं । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ अन्तिम साता हुने भएको छ । बुधबार काठमाडौंमा बसेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको २४औं बोर्ड बैठकले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ २४ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । बैठकले प्रथम बागमती पारा खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड २०८३ जेठ १ देखि ३ गतेसम्म गर्ने निर्णय पनि गरेको प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव दीपक लामाले जानकारी दिए । यस्तै खेलकुद संग्रहालय स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा फुटबल, भलिबल, कराते, आईटीएफ तेक्वान्दो, तेक्वान्दो, उसु, जुडो, फुलकन्ट्याक्ट कराते, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, एथलेटिक्स, बुद्धिचाल, पौडी र टेबुलटेनिस गरी १५ खेलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुई हजार नौ सय ५५ खेलाडी, एक हजार दुई सय ६ अफिसियल गरी चार हजार एक सय ६१ जना सहभागी हुने छन् । जसमध्ये फुटबलमा तीन सय ६० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने ४० प्रशिक्षक तथा व्यवस्थापक एवं २० जना निर्णायक परिचालन हुने छन् ।

यस्तै भलिबलमा ३१२, करातेमा २१८, आईटीएफमा २१८, तेक्वान्दोमा २६२, उसुमा १५९, जुडोमा १३८, फुलकन्ट्याक्ट करातेमा १३०, क्रिकेटमा २२४, ब्याडमिन्टनमा ७८, बक्सिङमा १७०, एथलेटिक्समा ४५५, बुद्धिचालमा ७८, पौडीमा ७५ र टेबुल टेनिसमा ७८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको सदस्य–सचिव लामाले बताए ।

यसैगरी राष्ट्रपति रनिङ सिल्डमा कराते, भलिबल, तेक्वान्दो, उसु, कबड्डी र एथलेटिक्सका एक हजार दुई सय २२ खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं