काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आज (बुधबार)बाट राष्ट्रिय महिला लिग आयोजना हुँदैछ ।
पहिलो दिन दुई खेल हुने एन्फाले जनाएको छ । दुबै खेल च्यासल मैदानमा हुनेछन् ।
११ बजे हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुुँनेछ । दुबै टिममा नेपालबाट प्रतिनिधित्व जनाइसकेका खेलाडीको बाहुल्यता छ । । संकटाले भने विदेशी खेलाडी पनि अनुबन्ध गरेको छ ।
दिउसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् । विभागीय टोली आर्मी झापा भन्दा स्वभाविक रुपमा बलियो छ । आर्मीका राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता छ । झापा भने युवा खेलाडीको साथ मैदान उत्रनेछ ।
लिगमा ९ टिम सहभागी छन् । यसपटक पनि विभागीय टोलीहरु आर्मीसँगै शसस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब नै उपाधि दाबेदार हुन् । गतवर्ष एपिएफले नै उपाधि जितेको थियो ।
भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
