चैत्र ३, २०८२ मंगलबार | १५:३३:५४
न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती

सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरेले नै निरन्तरता पाएका छन् । 

मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा साहुखल र घिमिरेले हङकङसँगको मैत्रीपूर्ण खेल र त्यसपछि एएफसी छनोटअन्तर्गत लाओससँग हुने खेलका लागि महासचिव किरण राईबाट नियुक्ति पत्र ग्रहण गरे । 

एन्फाले गत बिहीबार मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा इटालियन गुग्लिएल्मो एरिनालाई नियुक्त गरेको थियो । पाँच दिनपछि प्रशिक्षण टोलीमा साहुखल र घिमिरे जोडिएका हुन् । यी दुईले पछिल्लोपटक नोभेम्बरमा बंगलादेशसँगको मैत्रीपूर्ण र एएफसी छनोटअन्तर्गतनै मलेसियाविरुद्धको खेलका लागि जिम्मेवारी पाएका थिए । 

घिमिरेले त्यसअघि पनि राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् । घिमिरेले दुई महिनाअघि मात्र एएफसी महिला च्याम्पियन्स लिग छनोटमा विभागीय टोली एपिएफ क्लबको नेतृत्व गरेका थिए । २०८० सालको जेष्ठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा घिमिरेले नेपाल पुलिस क्लबको टचलाइन सम्हालेका थिए । 

यसबीच मोफसलका प्रतियोगिताहरुमा पुलिसकै नेतृत्वमा रहेका घिमिरेले चीनको युनान प्रान्तीय टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाली युवा टोलीलाई प्रशिक्षण दिएका थिए । 

त्यतिबेला उनी भिन्सेन्जो अल्बर्टो एनेसको मुख्य प्रशिक्षणमा रहेको टोलीका सहायक थिए । साहुखलले यसै वर्षको जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युवा क्लबको टचलाइन सम्हालेका थिए । 

साहुखलले सन् २०२४ को फेब्रुअरीमा सम्पन्न साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाली टोलीलाई लिड गरेका थिए । बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । एरिनाको नेतृत्वमा पहिलोपटक नेपालले यही चैत १२ गते हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । 

त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ । एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा एक खेल खेल्न बाँकी छ । पछिल्ला पाँच खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने