चैत्र ४, २०८२ बुधबार | २३:४१:१३
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले संकटा एफसीलाई हराउँदा फ्रेन्ड्स क्लब र जावलाखेल युवा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा जावलाखेलले फ्रेन्ड्ससँग १–१ को बराबरी खेलेको थियो । जावलाखेलले खेलको ४७औं मिनेटमा विकास दर्लामी मगरको गोलमार्फत अग्रता लिएको थियो । पाँच मिनेटपछि नै प्रशान्त लक्समले फ्रेन्ड्सलाई बराबरीमा ल्याए ।

यो नतिजासँगै जावलाखेल ११ खेलमा १४ अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा छ । समान खेलमा १३ अंक जोड्दै फ्रेन्ड्स ११औं स्थानमा छ ।

दिनको दोस्रो खेलमा संकटा एफसीले चर्च ब्वाइजविरुद्ध ५–२ को हार बेहोर्यो । चर्च ब्वाइजको जितमासुमित श्रेष्ठले दुई तथा मिलन राई र रोहन कार्कीले समान एक गोल गरे । एक गोल चर्च ब्वाइजले आत्मघाती उपहार पायो । संकटाका लागि विवेक राई र रिचर्ड ओन्यमाले गोल गरे ।

जितसँगै चर्च ब्वाइज ११ खेलमा २५ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । समान खेलमा १३ अंक जोड्दै संकटा १०औं स्थानमा छ ।

लिगमा बिहीबार तीन खेल हुनेछन् । बिहान १० बजे हुने पहिलो खेलमा चित्लाङ एफसी र लालिगुराँस एसोसिएसन भिड्नेछन् । त्यस्तै दिउँसो २ बजेको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युवा क्लब आमने–सामने हुनेछन् । साँझ ६ बजे एपिएफ एफसीले मछिन्द्र एफसीसँग खेल्नेछ । सुरुआती दुई खेल सातदोबाटो तथा अन्तिम खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं