चैत्र ११, २०८२ बुधबार | १७:४१:३१
सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली

यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, आसिफ शेख र सन्दीप लामिछाने सहितका ८ खेलाडी पहिलो संस्करणको युरोपिन ट्वान्टी २० बेल्जियम खेल्ने भएका छन् ।

लिगमा सन्दीपलाई लिज रेड लायन्स, कप्तान रोहित घेन्ट ग्ल्याडीयटर्समा अनुबन्ध हुँदा आसिफ एन्टवर्प एन्कर्समा आबद्ध भएका छन् । रोहित र आसिफलाई मंगलबार सम्पन्न ड्राफ्टमार्फत टोलीमा समावेश भएका हुन् । सन्दीप भने ड्राफ्ट अघि नै टोलीमा अनुबन्ध भइसकेका थिए । 

सन्दीपलाई अनुबन्ध गराएको टोलीले यसअघि नै क्रिस लिन, कोरी एण्डरसन र शोयब मल्लिकलाई भित्र्याइसकेको छ ।

सन्दीप अनुबन्ध भएको लायन्सको टोलीमा दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर हर्सल गिब्स मुख्य प्रशिक्षकमा रहेका छन् । सन्दीपको टोलीले ड्राफ्ट अघि नै फाफ डु प्लेसिस, क्रिस लिन, कोरी एण्डरसन र शोयब मल्लिकलाई भित्र्याइसकेको थियो ।

लायन्सले मंगलबारको ड्राफ्टबाट बेन डुक, शाड्ली भान, ओबेद म्याकोई, कलिम साना तथा हरमित सिंहलाई टोलीमा अनुबन्ध गराउको थियो ।

आसिफ आबद्ध एन्कर्सको टोलीमा भने इङ्ल्याण्डका डेनोभन मिलर मुख्य प्रशिक्षकका रुपमा रहेका छन् । टोलीमा आन्द्रे रसल, मार्टिन गप्टिल, रुवेन ट्रम्पलम्यान लगायतका खेलाडीहरु रहेका छन् र

कप्तान रोहितआबद्ध ग्लाडियटर्सको टोलीमा भने इङ्ल्याण्ड राष्ट्रिय टोलीका सदस्य जोनाथन ट्रट मुख्य प्रशिक्षकका रुपमा रहेका छन् । टोलीमा टेम्बा बमुभा, जश ब्राउन, जेम्स भिन्स लगायतका खेलाडीहरु रहेका छन् ।

पहिलो संस्करणको लिगमा ५ टिमको सहभागीता रहको छ । लिग ६ देखि १४ जुनसम्म आयोजना हुदैछ ।।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो