मंसिर १५, २०८२ सोमबार | १९:५९:३४
साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत

साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय

काठमाडौं । यही मसिंर १९ देखि पौष ५ गतेसम्म काठमाडौंमा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) क्लब महिला च्याम्पियनसिपको टिकट दर तोकिएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलनमार्फत टिकट दर र अन्य प्राविधिक विषयका बारेमा जानकारी गरायो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको टिकट दर साधारण प्यारापिटतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ कायम गरिएको छ । टिकट डिजिटल वालेट– खल्तीबाट किन्न सकिनेछ ।

प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकार सुश्री मिडिया प्रा.लि.लाई प्रदान गरिएको छ । त्यस्तै मुखय प्रायोजनमा भात्सल्या नेचुरल आइभिएफ र सह-प्रायोजक एक्सिट्रम ड्रिन्क्स छन् । एन्फाले सम्झौता रकम भने खुलाएको छैन ।

प्रतियोगितामा नेपालको एपिएफ क्लब, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट  युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नास्रिन स्पोर्टस एकेडेमीको सहभागिता रहनेछ । प्रतियोगितामा श्रीलंका र माल्दिभ्सको प्रतिनिधित्व भने रहने छैन ।

सिंगल राउन्ड रोविन प्रतिस्पर्धापछि अंकतालिकाको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने समीकरण छ । प्रतियोगिताको विजेताले १० र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । अन्य तीन टोलीलाई दुई हजार अमेरिकी डलर प्रदान गरिने एन्फाले जानकारी गरायो ।

प्रतियोगिताको अनुमानित बजेट तीन करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ छ ।


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE