मंसिर १५, २०८२ सोमबार | २२:२६:०१
एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा

एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता

काठमाडौं । नेपाल एसिसी पुरुष यु-१९ प्रिमियर कपको उपविजेतामा सीमित भएको छ ।

सोमबार सम्पन्न फाइनलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग २७ रनले पराजित भयो । अजमानको करवान क्रिमेट मैदानमा युएईले दिएको १४७ रनको लक्ष्य नेपालले पछ्याउन सकेन । नेपालले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२० रन जोड्न सक्यो ।

नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए । त्यस्तै विकेटकिपर आशिष लुहार र रोशन विश्वकर्माले समान २५ रन जोड्दा ओपनर भान्स क्षेत्री ११ रनमा पवेलियन फर्किए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युएईका लागि युग जय शर्मा र अलि अस्गर सम्सले समान तीन विकेट लिए । त्यस्तै उडिस सुरी र नूरउल्लाह आयोबीको नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको युएईले ४५.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

युएईका लागि अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । त्यस्तै मध्यक्रमका ब्याटर नूरउल्लाह आयोबीले २६ रनको योगदान गरे । ओपनर आयान मिस्बाहले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि दयानन्द यादवले सर्वाधिक ६ विकेट लिए । त्यस्तै अप्रजित पौडेलले दुई खेलाडीलाई पवेलियनको बाटो देखाए । यसैगरी नितेशकुमार पाण्डे र अशोक धामीको नाममा समान एक विकेट रह्यो ।

युएई र नेपाल दुबैले यही डिसेम्बर १२ देखि २१ सम्म हुने यु–१९ एसियन कपमा स्थान बनाइसकेका छन् । फाइनल पुगेका दुबैले सोझै एसियन कपको टिकट काटेको हो । यी दुईसँगै तेस्रो स्थानमा रहेको मलेसियाले पनि एसियन कप खेल्नेछन् । तेस्रो स्थानको प्रतिस्पर्धामा मलेसियाले सोमबार ओमानमाथि ७४ रनको फराकिलो जित हासिल गर्यो ।

एसियन कप युएईमै हुनेछ ।


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE