काठमाडौं । नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी बेन्चमा रहेको पाकिस्तान सुपर लिग(पिएसएल) को पहिलो खेलमा इस्लामाबाद युनाइटेड पराजित भएको छ ।
लाहोरमा शनिबार भएको खेलमा मुल्तान सुल्तानसँग इस्लामाबाद ५ विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको इस्लामाबादले २० ओभरमा ८ विकेट गुमाएर १७१ रनको योगफल तयार गरेको थियो ।
इस्लामाबादका लागि मार्क च्याम्पम्यानले २१ बलमा सर्वाधिक ४० रन बनाए । समिर मिनास २८ तथा डेभन कन्वे र फहिम असरफ समान २६ रनमा आउट भए ।
मुल्तानका लागि मुनिम कमरले ३ तथा मोहम्मद वासिमले २ विकेट लिए ।
१७२ रनको लक्ष्य मुल्तानले १८ दशमलब ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मुल्तानका लागि जस फिलिपे ३५ बलमा सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले । स्टिभ स्मिथ ३१ रनमा आउट हुँदा कप्तान एस्टन टर्नरले अविजित ४३ रन जोडे ।
इस्लामाबादका लागि सलमान इर्साद र कप्तान शाडव खानले समान २ तथा इमाद वासिमले १ विकेट लिए ।
