काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।
शनिबार मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा भारतले बंगलादेशलाई १-१ को बराबरीमा रोक्यो । यो नतिजासँगै भारत समूह विजेता बन्यो । अब भारतले सेमिफाइनलमा समूह ‘ए’को उपविजेता भुटानसँग खेल्नेछ ।

समान अंक भएपनि बंगलादेश गोल भिन्नतामा भारतभन्दा पछाडि रह्यो । यसकारण बंगलादेशको भेट समूह ‘ए’को विजेता नेपालसँग हुने भएको हो ।
भारतले खेलको १७औं मिनेटमा विशाल यादवको गोलमार्फत अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा महोम्मद अब्दुल रियादले बंगलादेशलाई बराबरीमा ल्याए ।
सेमिफाइनलका दुबै खेल बुधबार हुनेछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
