पछिल्लो डेढ दशकदेखि खेल पत्रकारितामा संलग्न खड्का खेलाडी डटकमका समाचार संयोजक हुन् ।
उतारचढावपूर्ण नतिजाका कारण नेपालको सुपर एट पुग्ने लक्ष्य निक्कै कमजोर बनेको छ । उसोत, नेपालका लागि जारी विश्वकपमा सुपर एट पुग्नुभन्दा पनि विश्व मञ्चमा दरिलो उपस्थिती जनाएर फर्किनु मुख्य प्राथमिकता हो ।
नेपालले तेस्रो पटक खेल्न लागेको विश्वकपमा आफ्ना सबै खेल मुम्बईस्थित वानखेडे रंगशालामा खेल्नेछ । नेपालबाट तीनै विश्वकप खेल्ने एकमात्रै खेलाडी हुन्, सोमपाल कामी । उनले तीनवटै विश्वकपमा खेल्दै छन् ।
राष्ट्रिय टिमकै गोलकिपर दीप कार्की र रोहन कार्की पनि चर्च ब्वाइजबाट खेलिरहेका छन् । एरिक विष्ट पनि त्यही टोलीमा छन् । दीपले भने एक खेलबाहेक खेलेका छैनन् ।
अझ, लाइभ प्रसारण हेर्न शुल्क तिर्नुपर्ने प्रावधानले घरेलु फुटबल समर्थकलाई झनै निरास बनाएको छ । सिधा अर्थमा खेलाडी र क्लब व्यवस्थापन पनि यस प्रतियोगितालाई उत्साही छैनन् ।
पुरुष टिमले यसरी लगातार सफलता पाइरहँदा कुनै समयको बलियो महिला क्रिकेट टिम भने एसोसिएट क्रिकेटकै झिनामसिनो सफलतामा संघर्षरत छ ।
यता, क्रिकेट खेलाडीको लागि यो दशक स्वर्णिम बनिरहँदा नेपालको सबैभन्दा चर्चित र रुचाइएको खेल फुटबलको अवस्था भने भयानक दर्दनाक छ । अहिले क्रिकेटका खेलाडीले जुन सुविधा र सेवा पाइरहेका छन्, त्यो फुटबलमा तीन दशकअघि देखि नै थियो ।
नेपाल प्रतियोगिताको समूह ‘एफ’को पुछारमा सीमित भएर अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगिताबाट बाहिरिएको थियो । समूहका पाँच मध्ये सबै खेलमा हार बेहोरेको नेपालले अंकको खाता समेत खोल्न सकेको थिएन ।
लगातार उत्कृष्ट प्रदर्शनपछि फाइनलमा पुगेको सुदूरका खेलाडीको व्यक्तिगत प्रदर्शन पनि उच्च छ । कप्तान दीपेन्द्रसिंह र ओपनर विनोद भण्डारीको प्रदर्शन तारिफयोग्य छ ।
यद्यपि महिला फुटबलमा कमजोर देखिँदै आएका माल्दिभ्स र श्रीलंकाले नै पहिलो संस्करणमा हात झिकेका छन् । दुई देशका क्लबले यो प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।
समान दुई पटकका विश्वकप च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै अर्को टेष्ट राष्ट्र बंगलादेश अनि विश्व क्रिकेटको नयाँ टोली इटालीका कारण क्रिकेट विश्लेषकहरुले यसलाई प्रतियोगिताकै कठिन समूह बताइरहेका छन् ।
राजनीतिमा खप्पिस फुटबल प्रशासनका खेलाडीहरुले मैदानका खेलाडीलाई निक्कै हार्ड ट्याकल हानिसके । अनि फुटबलको डिएनए नजानेका जेन्जी मन्त्रीले नबुझिकन सिठी फुक्न थाल्दा उनी महाभारतमा अभिमन्यु झै नपाली फुटबलको चक्रब्यूहमा नराम्ररी फसिसकेका छन् ।
औसत नाम रहे पनि कर्णालीको विदेशी खेलाडी सन्तुलित देखिन्छ । जसमा भारतका पन्चाल सबैभन्दा महत्वपूर्ण सावित बन्न सक्नेछन् ।
आसन्न नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि विराटनगर किङ्स ‘डोमिनेन्ट’ क्रिकेट खेल्न तयार छ ।
पछिल्लो पटक पनि विदेशी खेलाडी नै हरेक खेलमा निर्णायक मोडमा रहे । नेपाली खेलाडी सबै टिमभित्र औषत हुँदा जुन टोलीले स्तरिय विदेशी ल्याउने छ सोही टिमको बलियो हुने प्रशिक्षकहरु नै दाबी गर्छन् ।
संघले दुई वर्षपछि प्रतियोगितामा सहभागिता गराउने प्रवृत्ति दोहोरिनु भएन । वर्षमा प्रतियोगिता गरिरहेको अवस्थामा आशावादी छु र राम्रो नतिजा पनि आउनेछ ।
जेन्जी मन्त्री गुप्ताले नियुक्त हुनेवित्तिकै मन्त्रालयअन्तर्गतका सबै खेल संस्थाहरुले आफ्ना बैठक लाइभ गर्नुपर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनले पनि एन्फा महासचिवको हुर्मत लिएको भिडियो रेकर्ड गराएर सार्वजनिक गरेको भनेर खेलवृत्तमा चर्चा भइरहेको छ ।
नेम्वाङले खड्कामाथि आफू र महासचिव राई एएफसीको कार्यक्रमका लागि साउदी अरेबियामा रहँदा अनाधिकृत रुपमा संघको लेटरहेड र छापको दुरुपयोग गरेको आरोप लगाएका छन् । व्यक्तिगत रुपमा लेटरहेड र छापको दुरुपयोग गरि महासचिवलाई स्पष्टीकरण सोधेको र विना अधिकार महासचिवलाई निलम्बन गरेको विषयमा नेम्वाङले प्रश्न उठाएका छन् । खड्काले विधानविपरित अधिकार क्षेत्रभन्दा बाहिर गएर महासचिव राईलाई पत्राचार गरेको नेम्वाङको बुझाई छ ।
खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव राईलाई तीन दिनभित्र पेश गर्ने गरि स्पष्टीकरण मागेका थिए । तर विदेश यात्रामा रहेका राईले त्यसको कुनै जवाफ नदिएपछि आइतबार खड्काले पत्र काट्दै निलम्बन गरेको जनाएका छन् ।
जेनजी आन्दोलनको भावना भ्रष्टाचार निवारण, सुशासन र न्यायपूर्ण राज्यको स्थापना थियो । यही भावनाका साथ सुरु भएको आन्दोलनले यथास्थितिवादी पुरातन राजनीतिक नेतृत्वलाई पूर्ण रूपमा विस्थापित गरेर नयाँ नागरिक सरकार स्थापना गर्न सक्नु यसको उपलब्धि हो ।
भ्रष्टाचार, बेथिति, विसंगती र स्वार्थको लडाईंमा रुमल्लिएको एन्फा नेतृत्वले पदाधिकारीको जन्तीलाई विदेश भ्रमण गराएर आन्तरिक राजनीति व्यवस्थापनका लागि सन् २०२४ मार्च २ मा एएफसीबाट दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेल गर्न अयोग्य घोषणा गराएको थियो । त्यसयता दशरथ रंगशालामा कुनै पनि आधिकारिक अन्तर्राष्ट्रिय खेल भएको छैन भने नेपालले आफ्नो हकलाग्ने दुई घरेलु खेल विपक्षीको मैदान वा तटस्थ मैदानमा खेल्नुपरेको छ ।
कुनै पनि खेलको श्रीवृद्धि वा निश्चित सफलतामा विशेष योगदान रहने जो कोहीको भूमिका कहिलेकाहीँ स्पष्टसँग परिभाषित नहुन सक्छ । अन्य सरोकारवाला तथा परिस्थितिलाई हटाउँदा उसको योगदानको मूल्य कम देखिन सक्छ । जबकि समग्रतामा त्यस्तो योगदान खेलकुदको सकारात्मक उर्जाका रूपमा क्रियाशील भइरहेको हुन्छ । विशेष हुन्छ ।
