फाल्गुन १, २०८२ शुक्रबार | १०:०९:४०
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न

काठमाडौं । दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य बनाइएको पृष्ठभूमिमा एएफसी एसियन कपअन्तर्गत भियतनामविरुद्धको घरेलु खेल विपक्षीको मैदानमा खेल्ने निर्णयप्रति एन्फाका वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका पाँच पदाधिकारी तथा सदस्यले असहमती जनाएका छन् ।

एसियन कपको छनोटअन्तर्गत होम एण्ड अवे पद्दतिमा आगामी अक्टोबर ९ र १४ मा हुने दुवै लेगका खेल भियतनाममै हुने नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाइसकेको छ । साथमा यही प्रतियोगिताअन्तर्गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध हुने घरेलु खेल पनि मलेसियाकै मैदानमा हुने निर्णय भएको छ । त्यसमा पनि एन्फा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र दुई सदस्यले असहमती जनाएका छन् ।

घरेलु खेल विपक्षीको मैदानमा गर्ने निर्णयमा असहमती जनाउनेमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार) तथा सदस्यहरु रविन्द्र चन्द र रुपेश अधिकारी छन् ।

वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा पाँच पदाधिकारीले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बिहीबार संयुक्त असहमती पत्र लेख्दै घरेलु खेल जानीजानी अवे मैदानमा लगेर खेलाउँदा ‘नेपाली खेलाडीले घरेलु मैदानमा पाउने अत्मबल, दर्शकको साथ र राष्ट्रिय गौरवका भावना यसरी खोसिनु अन्यायपूर्ण मात्र नभई दीर्घकालिन रुपमा खेलाडीको मनोबल र प्रदर्शनमा नकारात्मक अशर पर्ने’ उल्लेख गरेका छन् ।

नेपालका घरेलु खेलहरु विपक्षी वा विदेशी मैदानमा सार्ने क्रममा कार्यसमितिमा कुनै छलफल समेत नगरिएको आरोप लगाउँदै उनीहरुले लेखेका छन्, ‘घरेलु खेलहरु विपक्षीको मौदानमा सारिएको विषयमा न त कार्यसमिति सदस्यहरुसँग छलफल  गरिएको छ, न त कुनै आधिकारिक जानकारी गराइएको छ । अझ गम्भीर कुरा त, यस्तो संवेदनसिल विषयमा वैकल्पिक भेन्यु खोजिएको छ वा छैन भन्ने बारे पनि कुनै स्पष्टता दिन आवश्यक ठानिएको छैन । यस प्रकारको एकतर्फी निर्णयले मात्र नभई संस्थागत पारदर्शिता र लोकतान्त्रिक प्रकृयामाथि प्रश्न उठाएको छ ।’

घरेलु खेललाई विपक्षी वा विदेशी मैदानमा सारेर लाखौं नेपाली समर्थकलाई आफ्नै भूमिमा राष्ट्रिय टोलीको समर्थन गर्ने अवसरबाट बञ्चित तुल्याउनु फुटबलप्रतिको उत्साह र जनआस्था माथिको प्रहार गरिएको उनीहरुको ठहर छ ।

उपाध्यक्ष खड्कासहितका पदाधिकारीहरुले पत्रमा लेखेका छन्, ‘हामी यस पत्रमार्फत आफ्नो असन्तोषलाई मात्र होइन, नेपालको राष्ट्रिय फुटबल हितप्रति हाम्रो प्रतिबद्धतालाई पनि अझ बढि प्रष्ट्याउन चाहन्छौं । यस विषयमा एन्फाले हाम्रो असहमतीलाई गम्भीरतापूर्वक लिएर तत्काल पहल गर्नुहुने विश्वास लिएका छौं ।’

भ्रष्टाचार, बेथिति, विसंगती र स्वार्थको लडाईंमा रुमल्लिएको एन्फा नेतृत्वले पदाधिकारीको जन्तीलाई विदेश भ्रमण गराएर आन्तरिक राजनीति व्यवस्थापनका लागि सन् २०२४ मार्च २ मा एएफसीबाट दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेल गर्न अयोग्य घोषणा गराएको थियो । त्यसयता दशरथ रंगशालामा कुनै पनि आधिकारिक अन्तर्राष्ट्रिय खेल भएको छैन भने नेपालले आफ्नो हकलाग्ने दुई घरेलु खेल विपक्षीको मैदान वा तटस्थ मैदानमा खेल्नुपरेको छ ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026