काठमाडौं । अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा १५औं जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले रेलिगेशन क्षेत्रमा रहेको रियाल ओभिएडोलाई १–० ले हरायो ।
२७ हजार समर्थकमाझ खेल बराबरतर्फ उन्मुख थियो । तर, अल्भारेजले ४ मिनेट थपिएको समयमा निर्णायक गोल गरेका हुन् ।
जितपछि एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । समान ५१ अंक भएपनि एट्लेटिकोले भिल्लारियाललाई पछि पारेको हो । शीर्ष स्थानको बार्सिलोनाको ६४ तथा दोस्रो स्थानको रियाल मड्रिडको ६० अंक छ । पराजित ओभिएडो भने १७ अंकसहित पुछारमा रहेको छ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
