माघ २४, २०८२ शनिबार | ०२:४१:२२
विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित
शनिबारको दिन

पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी

काठमाडौंं । सन् २०१४ मा पहिलो पटक आइसिसी ट्वान्टी-२० विश्वकप खेलेको नेपाल तेस्रो पटक विश्वकपमा उत्रँदै छ । पहिलो पटक खेलेपछि नेपाली टिमले अर्काे संस्करण खेल्न एक दशक कुनुपरेको थियो ।  

तर, त्यसपछि भने नेपालले लगातार दोस्रो पटक विश्वकप यात्रा थाल्दै छ । यसपालिको विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले दुई पूर्व च्याम्पियन वेस्ट इन्डिज र इङ्ल्यान्डसहित इटाली र स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

नेपालले तेस्रो पटक खेल्न लागेको विश्वकपमा आफ्ना सबै खेल मुम्बईस्थित वानखेडे रंगशालामा खेल्नेछ । नेपालबाट तीनै विश्वकप खेल्ने एकमात्रै खेलाडी हुन्, सोमपाल कामी । उनले तीनवटै विश्वकपमा  खेल्दै छन् ।

नेपालले तेस्रो पटक विश्वकप खेल्दा ५ खेलाडी भने पहिलो पटक खेल्दै छन् । अनुभवी ब्याटर आरिफ शेखसँगै लोकेश बम, अलराउन्डर बसिर अहमद, बलर शेर मल्ल र नन्दन यादवले पहिलो पटक विश्वकप खेल्न लागेका हुन् । प्रशिक्षक स्टुआर्ट लले मुम्बईको वातावरण, पिचको अवस्था र दोस्रो संस्करणको घरेलु लिग एनपिएलमा गरेको प्रदर्शनका आधारमा ५ खेलाडीलाई पहिलो पटक विश्वकपका लागि अवसर दिएका हुन् ।

शेर मल्ल (बलर)शेर मल्ल दोस्रो एनपिएलमा सानदार प्रदर्शन गर्दै राष्ट्रिय टिमको ढोका खोल्न सफल भएका खेलाडी हुन् । उनले एनपिएलमा जादुमयी प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई पहिलो पटक च्याम्पियन बनाए । पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाए पनि त्यति चर्चामा आउन सकेनन् । तर, दोस्रो पटक च्याम्पियन बनाउँदा उनले १७ विकेट लिएका थिए । प्रारम्भिक चरणको प्रशिक्षणमा परेका शेरले पहिलो अवसरमै टिममा स्थान बनाए । उनको बलिङ एक्सनका कारण टिममा पर्ने कि नपर्ने दोधारबीच स्थान बनाएका छन् । अब, उनको वास्तविक परीक्षा मुम्बईमा हुनेछ ।

लोकेश बम (ब्याटर)विराटनगर किङ्सको लागि दोस्रो संस्करणको एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश पनि पहिलो पटक विश्वकपको टोलीमा स्थान बनाएका हुन् । ओपनर तथा विकेटकिपर लोकेशलाई यसअघि पनि राष्ट्रिय टिमबाट खेलेको अनुभव छ । एनपिएलमा फाफ डु प्लेसिस र मार्टिन गप्टिलजस्ता विश्व चर्चित खेलाडीसँग ड्रेसिङ रुम र क्रिज ‘सेयर’ गरेको अनुभव लोकेशसँग छ । त्यही अनुभव लोकेशले वानखेडे रंगशालाको पिचमा देखाउन सक्छन् । तर, राष्ट्रिय टिमका अनुभवी ओपनर कुशल भुर्तेल र आसिफ शेख हुँदाहुँदै लोकेशले अवसर भने कमै पाउने देखिन्छ । यस्तो अवस्थामा प्रशिक्षक लले उनलाई फिनिसरको रूपमा पनि प्रयोग गर्न सक्छन् ।

आरिफ शेख (ब्याटर) आरिफ शेख नेपाली क्रिकेटका अनुभवी ब्याटर हुन् । राष्ट्रिय टोलमिा विगतको दशकदेखि नै रहेपछि उनी खासै चर्चा र अवसर दुवै पाउन सकेका छैनन् । उनका भाइ आसिफ भने पछिल्लो दशक नेपाली टिमका सदाबहार ओपनर र विकेटकिपरको रूपमा स्थापित भइसके । आरिफ सन् २०२४ को विश्वकपको टिममा पर्न असफल भएका थिए । तर, पछिल्लो समय घरेलु मैदानमा निरन्तरको प्रदर्शनपछि यसपटक प्रशिक्षक स्टुआर्ट लले उनलाई टिममा समावेश गरेका छन् । उनी मध्यक्रममा आएर ठूलो साझेदारी गर्न टिममेटलाई निकै प्रेरित गर्ने गर्छन् ।

नन्दन यादव (बलर)पछिल्लो दशकमा नेपालको तीव्र गतिको बलरमा सोमपाल कामी र करण केसीको नाम लगातार सुनिँदै आएको थियो । तर, पछिल्लो एक दुई वर्षदेखि नन्दन पनि नाम यो सूचीमा जोडिएका छन् । अस्ट्रेलिया पलायन हुन तयार भएका नन्दनलाई कर्णाली याक्सले पहिलो एनपिएलमा अवसर दियो । उनले पनि प्रमाणित गरे । त्यसपछि भने उनी नेपाली समथर्कमाझ निकै रुचाइएका छन् । कर्णाली याक्सले त दोस्रो एनपिएलमा उनलाई रिटेन नै गर्यो । त्यसपछि नन्दनले नियमित रूपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यद्यपि, दोस्रो एनपिएल उनी र उनको टिम कर्णाली याक्सले सोचेजस्तो प्रदर्शन गर्न सकेन ।  पछिल्लो समय प्रशिक्षक लले नन्दनलाई डेथ ओभरमा बलिङ गराउँदै आएका छन् ।

बसिर अहमद (अलराउन्डर)दोस्रो एनपिएलमा कर्णाली याक्सविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेपछि बसिर अहमद धेरैको नजरमा पर्न सफल भएका छन् । त्यसअघि खासै समर्थकमाझ नरुचाइएका बसिर विराटनगरलाई नाजुक अवस्थाबाट माथि उकास्दै जित दिलाउन सफल भएका थिए । त्यसपछि पनि लगातार एनपिएलमा लगातार उत्कृष्ट प्रदर्शनपछि बसिरको नयाँ यात्रा सुरु भएको हो । बसिर पहिलो पटक ट्वान्टी-२० विश्वकप खेल्ने योजनामा छन् । अब, अभ्यासमा गरेको प्रदर्शन र उनको आत्मविश्वास, मैदानको अवस्थाअनुसार बसिरले नयाँ अवसर पाउने पक्का छ । यद्यपि, उनले नेपाली टिमबाट यसअघि नै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।