चैत्र ११, २०८२ बुधबार | १६:३४:५७
दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा

एन्फाका महासचिव राई निलम्बित !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा आइतबार महासचिव किरण राईलाई निलम्बन गरेका छन् ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रममा भाग लिन साउदी अरेबिया गएको बेला विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीका साथ खड्काले यस्तो निर्णय गरेका हुन् । अध्यक्षसँगै महासचिव राई पनि साउदी गएका छन् । खड्काको निर्णयपछि खेलाडी डटकमले उनीहरुसँग सम्पर्क गर्न खोज्दा अध्यक्ष नेम्वाङ र महासचिव राई दुवैको फोन स्विच अफ थियो ।

अध्यक्षले साउदी अरेबिया जाँदा वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्यवाहकको जिम्मेवारी भने दिएका थिएनन् । तर एन्फा विधानअनुसार अध्यक्षको अनुपस्थितीमा वरिष्ठ उपाध्यक्ष स्वत कार्यवाहक अध्यक्ष हुने खड्काको दाबी छ ।

गत बैशाखमा धुलिखेलमा सम्पन्न साधारणसभाले निर्णय गरेअनुसार लिग गराउने जिम्मेवारी किन पूरा नगरेको भन्दै तीन दिनअघि खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव राईलाई तीन दिनभित्र पेश गर्ने गरि स्पष्टीकरण मागेका थिए । तर विदेश यात्रामा रहेका राईले त्यसको कुनै जवाफ नदिएपछि आइतबार खड्काले पत्र काट्दै निलम्बन गरेको जनाएका छन् ।

‘असोज २९ गतेको पत्रअनुसार संघको साधारणसभा र कार्यसमितिको म्यान्डेटसमेतलाई बेवास्था गर्दै संघको विधान विधि र पद्दतिविपरित फुटबल खेलको विकासमा नै दीर्घकालिन असर पार्ने गरि के कति आधारमा, कस्को निर्देशनमा कार्य गर्नुभएको हो ? भनि तीन दिनभित्र स्पष्टीकरण सोधिएकोमा तपाईंबाट हालसम्म कुनै पनि जवाफ प्राप्त नभएकोले आजको मितिदेखि लागु हुनेगरि तपाईंलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौं,’ एन्फा कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई बोदार्थ दिइएको पत्रमा खड्काले लेखेका छन् ।

खड्काले नयाँ व्यवस्था नभएसम्मका लागि सहायक महासचिव दामोदर भट्टराई (बद्रि)लाई कार्यवाहक महासचिव तोकेको पनि जनाएका छन् ।

भट्टराईले भने आफू यसअघि नै कार्यवाहक महासचिवको रुपमा कार्य गर्दै आइरहेको जनाउँदै संघको बाकी राजनीतिक विषयमा जानकारी नभएको बताए । महासचिव राईले साउदी जानेबेलामै आफूलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको उनको भनाई थियो ।

खड्काले आफू विधानअनुसार कार्यवाहक अध्यक्ष भएको बेला विधि विधान स्थापना गर्दै फुटबललाई सही बाटोमा फर्काउन काम थालेको बताए ।

उनले भने, ‘हो, हामीले महासचिव राईलाई आगामी कार्यसमितिको बैठकसम्मका लागि निलम्बन गरेको हो । फुटबल विकासको बाटोमा दीर्घकालिन अशर गर्ने गरि विधि र विधानविपरित चल्दै आएको एन्फाको पद्दति फेर्न हामीले प्रयास गर्नैपर्छ । कार्यवाहक अध्यक्षको हैसियतले लिग नगराएकोमा उहाँसँग स्पष्टीकरण मागिएको थियो । तर उहाँले अटेर गरेर जवाफ समेत दिनुभएन । त्यसकारण थिति बसाल्नका लागि बाध्य भएर निलम्बन गरिएको हो । बाँकी निर्णय कार्यसमितिको बैठकले गर्नेछ ।’

एन्फा राजनीतिमा राई अध्यक्ष नेम्वाङका मुख्य सारथी हुन भने वरिष्ठ उपाध्यक्ष खड्काहरु प्रतिपक्षको भूमिकामा छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो