फाल्गुन २, २०८२ शनिबार | ०१:०५:३०
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन

विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले छोटो स्वरुपमा विश्व क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिता विश्वकप खेल्न भारतको मुम्बईमा छ ।

भारत र श्रीलंकाले संयुक्त रुपमा आइसिसी ट्वान्टी–२० विश्वकप आयोजना गरिरहेका छन् । नेपालका सबै खेल भारतको मुम्बईस्थित वाङ्खडे रंगशालामा परेकाले नेपालले श्रीलंका भ्रमणको झन्झट बेहोर्नुपरेन ।

विश्व क्रिकेटका महान हस्ती मास्टर ब्याटर सचिन तेन्दुल्करको घरेलु मैदान वाङ्खडेमा सबै खेल खेल्न पाउनु उसै पनि नेपाली टिम र समर्थकका लागि विशेष थियो । त्यसमाथि तेस्रो पटक विश्वकप खेल्ने क्रममा यसपाली नेपालको सुरुआत सोचेभन्दा निक्कै दमदार रहयो ।

इङ्ल्यान्डजस्तो विश्व क्रिकेटको महारथीलाई दयनीय अवस्थामा पुर्याउनु उत्साहजनक थियो नै ।

पहिलो खेलमा नेपाल दुई पटकको पूर्व च्याम्पियन महारथी इङ्ल्यान्डसँग जितको निक्कै नजिक पुगेर निराश भयो । इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम बलसम्म सनसनीपूर्ण तवरमा संघर्ष गरेको नेपाल १८० रनमा सीमित भयो ।

नतिजा इङ्ल्यान्डले चार रनले आफ्नो पक्षमा पार्न सफल भयो । तर त्यसका लागि विश्व क्रिकेटको स्थापित महारथीले उच्च स्तरमा भर्खर बामे सर्दै गरेको एउटा एसोसिएट राष्ट्रसँग गर्नुपरेको संघर्ष, भोग्नुपरेको चुनौती र लिनुपरेको भाग्यको सहाराले उसको हैसियतमाथि बारम्बार प्रश्न गरिरहेको थियो ।

नेपालका लागि भने यो निक्कै उत्साहजनक प्रदर्शन र नतिजा थियो । विदेशी भूमिमा भए पनि रंगशालाको पूरा प्यारापिट नेपाली जर्सी लगाएका समर्थकले भरिएको थियो । पूरा मुम्बई नै नेपाल ! नेपाल ! भन्दै झुमिरहेजस्तो अनुभूति थियो । त्यस्तो वातावरणमा इङ्ल्यान्डजस्तो विश्व क्रिकेटको महारथीलाई दयनीय अवस्थामा पुर्याउनु उत्साहजनक थियो नै ।

पहिलो खेलमा वाङ्खडेमा उपस्थित समर्थकलाई अनपेक्षित उत्साह दिने क्रममा इङ्ल्यान्डविरुद्ध गरेको उच्च प्रदर्शनले विश्वव्यापी प्रशंसा बटुलेपछि रोहितमा त्यस्तो आँट पलाएको थियो ।

यो नतिजा समर्थकका लागि मात्र नभई टिमका प्रत्येक खेलाडीका लागि पनि उत्तिकै उर्जासिल रहयो । यही कारण त हो, नेपालका कप्तान रोहित पौडेलले हौसिएर भारत, इङ्ल्यान्ड र अस्ट्रेलियाजस्ता विश्व क्रिकेटका तीन सबभन्दा ठूला टिमलाई काठमाडौंको त्रिवी क्रिकेट रंगशाला आउने निम्तो दिएको ।

नेपाली क्रिकेटको घरका रुपमा स्थापित त्रिवी मैदानमा आएर नेपालसँग खेल्नका लागि पत्रकार सम्मेलनबाटै रोहितले भारत, इङ्ल्यान्ड र अस्ट्रेलियालाई आमन्त्रण गरेका थिए ।

पहिलो खेलमा वाङ्खडेमा उपस्थित समर्थकलाई अनपेक्षित उत्साह दिने क्रममा इङ्ल्यान्डविरुद्ध गरेको उच्च प्रदर्शनले विश्वव्यापी प्रशंसा बटुलेपछि रोहितमा त्यस्तो आँट पलाएको थियो ।

‘भारत, इङ्ल्यान्ड र अस्ट्रेलियालाई नेपालमा हामी न्यानो स्वागत गर्न चाहन्छौं,’ इङ्ल्यान्डसँगको बहादुरीपूर्ण प्रदर्शन गरेको दुई दिनपछि वाङ्खडे रंगशालामा आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, ‘आउनुस, हामीसँग खेल्नुस । तपाईंहरुलाई कीर्तिपुरमा खेल्दाको अनुभव र नेपालको न्यानो आतिथ्यले पक्कै प्रभावित गर्नेछ ।’

पहिलो खेलको नतिजाबाट उत्साहित टिमको लय दोस्रो खेलसम्म आइपुग्दा उस्तै रहन सकेन ।

विश्व क्रिकेटमा निरन्तर रुपमा प्रभाव छोड्दै आएको नेपाली क्रिकेटलाई अझ अगाडि बढाउन देशभित्रै ठूला टिमलाई निम्त्याउनुपर्ने आवश्यकता रहेको रोहितको बुझाई थियो ।

‘अस्ट्रेलिया, भारत र इङ्ल्यान्डजस्ता टिमसँग खेल्न पाउँदा नेपालको स्तर त माथि उठ्छ नै । साथमा पूरा विश्वले नेपालको प्रतिस्पर्धात्मक क्रिकेटको स्वाद पनि पाउनेछ । यो विश्वकपको पहिलो खेलले त्यही प्रमाणित गरेको छ । अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको खेल र इङ्ल्यान्डसँग चार रनले हारेको यसपालीको खेलले हामी विश्व क्रिकेटको ध्यान तान्न सफल भयौं ।’

पहिलो खेलको नतिजाबाट उत्साहित टिमको लय दोस्रो खेलसम्म आइपुग्दा उस्तै रहन सकेन । बिहीबार पहिलो पटक विश्वकप खेलिरहेको इटालीविरुद्धको खेलमा नेपालको प्रदर्शन इङ्ल्यान्डसँगको खेलभन्दा ठिक विपरित रहयो ।

इङ्ल्यान्डलाई पूरा खेल अवधिभरी दबाबमा राखेको नेपालबाट बिहीबार सबैले इटालीमाथि सहज जित अपेक्षा गरेका थिए । स्वयम नेपालका कप्तान रोहितले पनि खेलअघि त्यस्तै प्रतिक्रिया दिएका थिए ।

इङ्ल्यान्डसँग हारका बावजुद गरेको बहादुर प्रदर्शनबाट चुलिएको हौसला इटालीसँगको दयनीय हारले चकनाचुर पारेको छ ।

तर खेलको दृष्य ठिक उल्टो भयो । नवप्रवेशी इटालीसँग १० विकेटको फराकिलो अन्तरमा निराश हुनुपर्यो । ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा निरिह देखिएको नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा १९.३ ओभरमा १२३ रनमा सीमित भएको थियो ।

६ जना बलर प्रयोग गरे पनि विपक्षी ब्याटरलाई रोक्न नसकेको नेपाली टोलीविरुद्ध इटालीका ओपनरद्धय जस्टिन मस्का र एन्थोनी मस्का पूर्ण रुपमा हावी भए । ओपनिङ जोडीले नै १२.४ ओभरमै आवश्यक १२४ रनको साझेदारी गरेपछि इटालीले सहजै लक्ष्य हासिल गर्यो ।

इङ्ल्यान्डसँग हारका बावजुद गरेको बहादुर प्रदर्शनबाट चुलिएको हौसला इटालीसँगको दयनीय हारले चकनाचुर पारेको छ ।

नेपाली टिमका ब्याटर आरिफ शेखले इटालीसँगको हारपछि भने, ‘आज हामीले औसतभन्दा कमजोर प्रदर्शन गर्यौं । ब्याटिङमा राम्रो गरेनौं । खेलको मध्यमा हामी कोल्याप्स भयौं । हामीले १८० बनाउनुपर्ने थियो । तर सकेनौं । हामी कुनै पनि बेला आफ्नो स्वभाविक तवरमा प्रस्तुत हुन सकेनौं ।’

कम्तिमा यी दुई खेलमा नतिजा जस्तो भए पनि इङ्ल्यान्डसँग जस्तै समर्थकले गौरभानुभूति गर्न पाउने प्रदर्शन गर्न सके नेपाली टिमको विश्वकप भ्रमण पूर्ण रुपमा सफल हुनेछ । 

सायद इङ्ल्यान्डसँगको खेलको उच्च प्रदर्शनका कारण नेपाली टिमसँगको अपेक्षा पनि चुलिएको थियो । जसका कारण टिममाथि दबाब भएको हुन सक्छ । आरिफ भने त्यसलाई स्वीकार्दैनन् । भन्छन्, ‘हामीले स्वभाविक खेल्न खोजेका हौं । सकेनौं । कुनै दबाब थिएन ।’

नेपालका स्टार बलर सन्दीप लामिछानेको भनाई पनि आरिफको जस्तै थियो । उनले सबभन्दा पहिला आफैलाई दोष दिए । ‘मैले आफै जिम्मेवारी पूरा गर्न सकिन । उनीहरु राम्रो योजनाका साथ आएका थिए । हामीले त्यसलाई तोड्न सकेनौं । सानो स्कोरलाई रक्षा गर्ने क्रममा हामीले राम्रो बलिङ गर्न सकेनौं,’ उनको भनाई थियो ।

दुई खेलको प्रदर्शन र नतिजाका साथै मनोविज्ञान पनि एकदमै उतारचढावपूर्ण छ । यही उतारचढावपूर्ण नतिजाका कारण नेपालको सुपर एट पुग्ने लक्ष्य निक्कै कमजोर बनेको छ । उसोत, नेपालका लागि जारी विश्वकपमा सुपर एट पुग्नुभन्दा पनि विश्व मञ्चमा दरिलो उपस्थिती जनाएर फर्किनु मुख्य प्राथमिकता हो । जसलाई पहिलो खेलले नै पूरा गरिसकेको छ ।

तथापि, विश्वकपमा समग्रमा तेस्रो तथा लगातार दोस्रो पटक खेलिरहेको टिमबाट समर्थकले एकरुपको प्रदर्शन पनि अपेक्षा गर्छन । जुन स्वभाविक हो । जारी विश्वकपमा नेपालले अब समूह चरणमा वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्न बाँकी छ । कम्तिमा यी दुई खेलमा नतिजा जस्तो भए पनि इङ्ल्यान्डसँग जस्तै समर्थकले गौरभानुभूति गर्न पाउने प्रदर्शन गर्न सके नेपाली टिमको विश्वकप भ्रमण पूर्ण रुपमा सफल हुनेछ ।