काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) मा भारतीय अलराउण्डर रविन्द्र जडेजा १६ वर्षपछि राजस्थानको जर्सीमा मैदानमा देखिदैछन् ।
जडेजा १६ वर्ष पछि आफुले १३ संस्करण खेलेको टोली चेन्नई सुपर किंग्सविरुद्ध सोमबारको खेलमा मैदान उत्रन लागेका हुन् । जडेजाको आइपिएल सुरुवात सन् २००८ मा राजस्थान रोयल्सबाट नै भएको थियो । दुईबीचको खेल राजस्थानको घरेलु मैदान गुवाहाटीमा बेलुका ७ः४५ बजे खेल्दैछन् ।
लामो समय राजस्थानमा रहेका सञ्जु स्यामसनले पनि लामो समय पछि राजस्थानको टोलीविरुद्ध खेल्दैछन् । स्यामसन लगातार ८ तथा समग्रमा ११ सिजन राजस्थानको प्रतिनिधित्व गर्दै कप्तान समेत बनेका थिए ।
चेन्नई पहिलो खेलमा महत्वपुर्ण खेलाडी डिबाल्ड ब्रेभिस बिना मैदान उत्रदैछ । चेन्नई सुरुवातका केही खेल महेन्द्रसिंह धोनी बिना नै खेल्नेछ । चोटका कारण धोनी केही साता मैदान बाहिर नै रहने छन् ।
चेन्नई इतिहासमा पहिलो पटक धोनी या सुरेश रैनाबिना पहिलो पटक मैदान उत्रदै छ । यि दुई टोलीले हालसम्म ३१ खेल एक आपसमा खेलेका छन् । जसमा राजस्थान १५ तथा चेन्नई १६ खेलमा विजयी भएको छ ।
