काठमाडौं । फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियाविरुद्ध ३–१ को सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा फ्रान्सलाई जित दिलाउन डिसिर डोउले दुई तथा मार्कुस थुरामले एक गोल गरेका थिए । घरेलु टोली कोलम्बियाको लागि जमिन्टन काम्पजले एक गोल फर्काएका हुन् ।
फ्रान्सले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको २८औं मिनेटमा डोउले पहिलो गोल गरेका थिए । थुरामले ४१औं मिनेटमा दोस्रो गोल गरे ।
५६औं मिनेटमा डोउले तेस्रो गोल गरेका थिए । ७७औं मिनेटमा घरेलु टोलीको लागि जमिन्टनले एक गोल फर्काएका हुन् ।
राति नै भएको खेलमा पोर्चुगल र मेक्सिकोले गोलरहित बराबरी खेलेका छन् । यस्तै, बेल्जियमले अमेरिकालाई ५–२ ले हरायो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
