चैत्र १६, २०८२ सोमबार | २०:१८:००
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले तहगत निर्वाचन स्वीकारेर नेपाललाई फिफाको प्रतिबन्धबाट जोगाउन एन्फा नेतृत्वलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शीर्ष डिभिजन लिगको टोली हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत रहेका शेर्पाले राष्ट्रिय खेलकुद परिषदको निर्देशन मानेर नेपाली फुटबललाई प्रतिबन्धबाट जोगाउन सुछाए ।

जबरजस्ती विवादास्पद ’अर्ली इलेक्सन’ को जिद्धी गरेका कारण परिषदको निलम्बनमा परेको एन्फा नेतृत्वलाई सुझावस्वरुप शेर्पाले फेसबुकमा लेखेका छन्, ’फुटबलका अन्तरास्ट्रिय महाशयहरु ! फुटबललाई त झापा पुगेर मृत्यु शैयमा पुर्याउनु भो । आजै मौका छ, राखेपको  निर्देशन अनुसार तहगत निर्वाचन स्वीकारी फिफाको प्रतिबन्धबाट बच्ने अन्तिम विकल्प छ । त्यो विकल्प अपनाए दुर्घटनाबाट नेपाली फुटबलको सहज अवतरण हुन्सक्छ । जय नेपाली फुटबल !’

आगामी असार ५ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले ५ महिनाअगाडि नै माघ २८ मा ‘अर्ली इलेक्सन’ गर्ने तयारी गरेको थियो । एन्फा नेतृत्वले जिल्ला फुटबल संघमा नयाँ चुनाव नगरी चार वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप चार वर्षका लागि केन्द्रमा आफू अनुमोदित हुने रणनीति लिएको थियो ।

त्यसको विरोधमा सरोकारवालाले पहिला जिल्लाको चुनाव गरेर प्रतिनिधि छान्नुपर्ने, त्यसपछि मात्र केन्द्रको चुनाव हुनुपर्ने भन्दै राखेप, युवा तथा खेलकुद मन्त्रालय, फिफा र एएफसी तथा अदालतमा मुद्दा दायर गरेका थिए ।

रोकारवालाको मुद्दामा पाटन उच्च अदालतले पुस २८ गते स्टे अर्डर जारी गरेर चुनावी प्रक्रिया तत्काल रोक्न आदेश दिएको थियो । तर, एन्फाले माघ ३ को समयसीमामा उम्मेदवारी दर्तासम्मको सबै प्रक्रिया सकेर माघ ६ गते रणनीतिक रूपमा निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको सूचना जारी गरेको थियो ।

अदालतमा एन्फाको चुनावसँग सम्बन्धित थुप्रै मद्दा थिए । तिनैमध्ये एक मुद्दाको सुनुवाइका क्रममा उच्च अदालतले माघ २७ गते चुनाव स्थगनका लागि जारी गरेको स्टे अर्डर खारेज गरेपछि एन्फाले चुनावको परिमार्जित कार्यतालिका बनाएर फागुन १ बाट प्रक्रिया पुनः सुरु गरिहाल्यो । नयाँ कार्यतालिका अनुसार फागुन २७ का लागि नयाँ मिति तय गरिएको थियो ।

फागुन २१ गते आमनिर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले एन्फालाई तत्काल चुनाव नगर्न निर्देशन दियो । दोस्रो पटक एन्फाको चुनाव स्थगित भयो ।

आम चुनाव सकिएर नतिजा आइनपुग्दै एन्फाले फेरि नयाँ मिति तय गर्दै चैत १३ गतेलाई चुनाव राख्ने हतार गर्यो । त्यसविरुद्ध पनि अदालतमा थप नयाँ मुद्दा परेका छन् । उपाध्यक्ष विराटजंग शाहीलगायतले अदालतको आदेशका कारण आफ्नो उम्मेदवारी दिने अधिकार हनन भएको भन्दै त्यही अदालतमा मुद्दा दायर गरेका थिए ।

राखेप भने सुरुदेखि नै ‘अर्ली इलेक्सन’को प्रक्रियासँग सहमत थिएन । राखेपले सुरुमै एन्फालाई जिल्लादेखि तहगत निर्वाचन गरेर मात्र केन्द्रको चुनाव गर्न निर्देशन दिएको थियो ।

तर एन्फाले त्यसको अटेर गर्ने क्रममा पटकपटकको पत्रलाई समेत बेवास्था गरी चैत १३ मा चुनाव गर्न खोजेपछि राखेपले अघिल्लो बिहीबार (चैत ५ गते) एन्फालाई चुनाव स्थगित गरेर जानकारी गराउन ३ दिने अल्टिमेटम दिएको थियो । त्यसको जवाफमा ८ गते एन्फाले कुनै पनि हालतमा चुनाव रोक्न नसक्ने भन्ने जवाफ दिएपछि राखेपले २४ घण्टे स्पष्टीकरण माग गर्यो ।

त्यसको जवाफमा एन्फाले आफू खेलकुद ऐन, फिफा र एफसीका नियम तथा आफ्नै विधानअनुसार सञ्चालन हुने स्वायत्त निकाय भएकाले राखेपले कुनै पनि खालको कारबाही गर्न नमिल्ने दाबी गर्यो । एन्फाले राखेपबाट कुनै पनि प्रकारको हस्तक्षेप भए त्यसलाई तेस्रो पक्षको हस्तक्षेप मानिने र त्यसको परिणामस्वरुप फिफा र एएफसीबाट कारबाही भई नेपाली फुटबल अन्तर्राष्ट्रिय मञ्चबाट बाहिरिन सक्ने चेतावनी दिँदै उल्टै चुनावमा प्रतिनिधि पठाएर सहयोग गर्न आह्वान गर्यो ।

पटकपटकको निर्देशन नटेरेर उल्टै अन्तर्राष्ट्रिय प्रतिबन्धको धम्की दिएपछि राखेपले चैत १२ गते बिहीबार एन्फालाई ३ महिनाको लागि निलम्बन गर्दै ११ बूँदे निर्देशन दियो ।

सरकारबाट निलम्बनको कार्वाहीमै परेपछि एन्फा नेतृत्वले चुनाव गराउन झापा पुगिसकेका फिफा र एएफसीका प्रतिनिधि तथा आफ्नै निर्वाचन समिति समेतसँगको छलफलपछि बिहीबार साँझ मात्र शुक्रबार बिहानको साधारणसभा स्थगित गरेको थियो ।

साधारणसभाका लागि देशभरबाट आएका प्रतिनिधिलाई जम्मा गरेर भेलाका नाममा एन्फा नेतृत्वले सम्बोधन गरेको थियो ।

सम्बोधनका क्रममा एन्फाका पूर्व अध्यक्षद्वय गणेश थापा र शेर्पाप्रति निक्कै आक्रामक देखिएका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र प्रमूख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले चेतावनीमुलक भाषामा निलम्बन गरेपछि अब नेपाली फुटबलको सबैखाले जिम्मेवारी राखेपले लिनुपर्ने बताएका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो