फाल्गुन २, २०८२ शनिबार | ०३:२१:१५
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन

विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै

काठमाडौं । विराटनगर किंग्स नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी पारस लुनियाको स्वामित्वमा रहेको टोली हो । पूर्व अलराउन्डर लुनिया चेम्बर अफ कर्मस मोरङका बोर्ड सदस्य हुन् । युवा व्यवसायी लुनिया महालक्ष्मी वायर एन्ड केबलका मालिक हुन् ।

गत वर्ष आइरिस प्रशिक्षक केभिन ओ’ब्रायनको नेतृत्वमा खेल्दा एनपिएल वानमा विराटनगरको प्रदर्शन सोचेअनुरुप रहेन । अंकतालिकामा टोली पुछारबाट तेस्रो स्थानमा रह्यो । कुल सातमध्ये पाँच खेलमा विराटनगरले हार बेहोरेको थियो ।

गत वर्षको असफलताबाट पाठ सिक्दै यसपालि टोली फरक लयमा मैदान उत्रने अपेक्षामा छ । अर्थात आसन्न नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि विराटनगर किङ्स ‘डोमिनेन्ट’ क्रिकेट खेल्न तयार छ । अन्तिम तयारी गरिरहेको विराटनगरले यसपालि गत सिजनका च्याम्पियन प्रशिक्षक पुबुदु दासानायकेलाई नेतृत्व सुम्पिएको छ । कन्सल्टेन्ट प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्वबलिङ कन्सल्टेन्ट धम्मिका प्रसाद छन् ।

एनपिएलको पहिलो सिजन भित्रिने विदेशी खेलाडीमा न्युजिल्यान्डका मार्टिन गप्टिल ठूला नाममध्ये एक थिए । यसपालि पनि विराटनगरले गप्टिलको सम्झौता नवीकरण गरेको छ । गप्टिलले यसपालि आफ्ना अन्तर्राष्ट्रिय करिअरका प्रतिद्वन्द्वी फाफ डु प्लेसिसलाई सहकर्मीका रूपमा पाएका छन् । डु प्लेसिस दोस्रो सिजनको एनपिएलमा अनुबन्धित सबैभन्दा चर्चित नाम हो ।

विराटनगरको बलियो पक्ष नै विश्व प्रख्यात दुई क्रिकेटरको उर्जा हुनुपर्छ । दुवै खेलाडीसँग अन्तर्राष्ट्रिय क्रिकेटको गहिरो अनुभव छ । गप्टिलसँग मुम्बई इन्डियन्स, पञ्जाव किंग्स र सनराइजर्स हैदराबादबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको अनुभव छ । डु प्लेसिसको कुरा गर्ने हो भने उनी सन् २०१८ र २०२१ मा चेन्नई सुपर किङ्सले आइपिएल जित्दाका सदस्य थिए । उनीसँग आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको नेतृत्व गरेको अनुभव पनि छ ।

मार्टिन गप्टिल  ।

विराटनगरले विदेशी खेलाडीको कोटा पूरा गरिसकेको छ । यी दुईबाहेक विराटनगरले दक्षिण अफ्रिकाका बलर मर्चेन्ट डे लाङ्ग, अस्ट्रेलियाका ब्याटर साम हिजलेट, स्कटल्यान्डका ब्याटर जर्ज मुन्से अनि अमेरिकाका अलराउन्डर शुभम रन्जानेलाई अनुबन्ध गरेको छ ।

विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । मिनी अक्सनबाट सूर्य तामाङ, शाहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको थियो ।

मध्यक्रमका ब्याटर बसिर अहमदका लागि अघिल्लो सिजन केही खास रह्यो । उनी टोलीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए । सात खेलमा बसिरले ३६.२० को औसतमा कुल १८१ रन बनाएका थिए । चितवन राइनोजविरुद्ध बसिरको ६८ रनको अर्धशतकीय इनिङ्स अझै पनि विराटनगर समर्थकको मानसपटलमा ताजै हुनुपर्छ । यसपालि पनि उनीबाट विराटनगरले रनको आशा राखेको छ ।

सन्दीपका लागि पहिलो सिजन बिर्सनलायक रह्यो । सन्दीपले मात्र ६ विकेट लिन सके । विराटनगरले सकारात्मक नतिजा ल्याउन नसक्नुको प्रमुख कारण सन्दीपको कमजोर प्रदर्शन पनि थियो । यसपालि सन्दीप चम्किने हो भने विराटनगरलाई यसको फाइदा हुनेछ । सन्दीप समग्र एनपिएल दोस्रो सिजनकै हेर्नलायक खेलाडी हुन् ।

विराटनगरले प्रतियोगिताको दोस्रो दिन पोखरा एभेन्जर्ससँग खेल्दै ‘एनपिएल सिजन २’ सुरु गर्नेछ । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

विराटनगरको टिम

रिटेन गरेका खेलाडीः सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी

मिनी अक्सनबाट अनुबन्ध: सूर्य तामाङ, शाहिल पटेल, नारायण जोशी, श्रवण किस्कु, शंकर राना

विदेशी खेलाडीः मार्टिन गप्टिल, फाफ डु प्लेसिस, मर्चेन्ट डे लाङ्ग, साम हिजलेट, जर्ज मुन्से,  शुभम रन्जाने

प्रशिक्षकः पुबुदु दासानयके